२ मंसिर २०८१ आइतबार
image/svg+xml

तीन देशका कलाकारद्वारा चित्रमार्फत सिकाइ साटासाट

नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन्। काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरुले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन्।

‘गीत गाएकै आधारमा भिटेनलाई पक्रनु गलत’

‘कलाकार र सर्जकहरू जहिल्यै सरकारको प्रतिपक्षमा हुन्छन्। उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ,’ फिल्म निर्देशक नवीन सुब्बा भन्दै थिए। बुधबार राजधानीमा आयोजित फिल्म, कला, सिर्जना र अभिव्यक्ति स्वतन्त्रता विषयक संवादमा सहभागी भएका उनी सेन्सरसिपको विपक्षमा उभिए।

काष्ठकला सिक्दै कलाकार

बाग्लुङका रोशन खत्री नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चौरमा बसेर काठमा भगवान गणेशको आकृति बनाउन व्यस्त छन्।

'सुन्दर नेपाल खुसी नेपाली' फोटो प्रतियोगितामा मिथुन कुँवरको तस्बिर उत्कृष्ट

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा पाल्पाका मिथुन कुँवर प्रथम भएका छन्। उनले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्बिरले प्रथम स्थान हासिल गरेको हो।

थारू इतिहास खोज्दै कला

सन् १९५० को दशकमा नेपालको तराई क्षेत्रमा मलेरिया उन्मूलनका निम्ति प्रयोग गरिएको डिडिटी रमायनले वातावरणमा प्रभाव प¥यो। फलस्वरूप यस क्षेत्रमा बसाइसराइ ह्वात्तै बढ्यो। नक्कली कागजपत्र बनाएर बसाइसराई गर्नेहरुको संख्या बढेसँगै तराई क्षेत्रका स्थानीय थारू समुदायलाई प्रत्यक्ष असर पुग्यो। लेखपढ गर्न नजान्ने उनीहरु भूमिहिन हुन पुगे।

इन्द्रेश्वरदेखि गौखुरेश्वरसम्म

नेवारी कला, संस्कृति, इतिहास र प्रकृतिको मिठो संगम रहेको पदमार्गमा राजा पृथ्वीनारायण शाहको समूह पनि हिँडेको थियो। तिनताका नेपाल एकीकरण अभियानमा काभ्रेका सात गाउँसँग युद्ध लड्ने क्रममा यही पदमार्गका ठाउँठाउँमा सुरक्षा किल्ला अर्थात् कोट बनाइएको थियो।

यतीमा आकृति भर्न व्यस्त कलाकार

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाली कलाकारहरु रहस्यमय हिममानव ‘यती’ को मूर्तिकला बनाउन व्यस्त छन्। पर्यटकीय क्षेत्र ठमेल वरपर देखिने यतीको मूर्तिकला तयार गर्न कलाकारलाई भ्याइनभ्याइ भएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। उनको आइतबार राति निधन भएको हो। भट्टराई निर्माता तथा कलाकार समेत हुन्।

नेपाली रंगमञ्चमा 'मार्क्स फर्किए'

कार्ल मार्क्सले १ सय चालिस बर्ष अघि बिताएको जीवनको आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन हुने भएको छ।

कलामा ‘तान्त्रिक मन्त्र’ को चर्चा

संसारभर शान्तिको फैलाउन हिडेका बुद्धको अवतार मानिने पद्मसम्भव अर्थता गुरु रिन्पोछेले नेपालमा लामो समय बिताएको विश्वास गरिन्छ। उनले आठौं शताब्दीमा भारतबाट नेपाल हुँदै तिब्बतमा पुगेर बौद्ध धर्म फैलाउने क्रममा विभिन्न ज्ञानसमेत आदान प्रदान गरेका थिए।

हस्तकलाका सामाग्री चोर्ने पक्राउ

प्रहरीले १२ लाख मूल्य बराबरको हस्तकलाका (काँस तथा पित्तल) सामग्री चोरी गरेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ।

हस्तकलाका सामग्री चोर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो।

परालका सामग्री

पराले सुकुलका लागि प्रसिद्ध ललितपुर साना गाउँका किसानले सुकुलमा बुट्टा भर्ने मात्र होइन, पराले सोफा, ब्याग, मन्दिर लगायत कलात्मक सामग्री बनाएर आम्दानी गर्न थालेका छन्।

चित्रकलाबाट अस्पताल निर्माण

यहाँका चित्र लैजान सक्नुहुन्छ र बदलामा अस्पतालका लागि आवश्यक सामग्री दिन सक्नुहुन्छ। हामी नेपालमा सामुदायिक अस्पताल खोल्दैछौँ– यही नोटका कारण प्रदर्शनीमा राखिएका एक सय १९ चित्र कुनै पनि बाँकी रहेनन्।

नेपाल र चीनका कलाकारले सहकार्य गर्दै

नेपाल र चीनका कलाकारहरुले एक अर्काको संस्कृतिलाई आदान प्रदान गर्न कला प्रदर्शनी गर्ने भएका छन्। शान्ति र विकासको लागि चीन फाउन्डेसन नामक संस्थाले नेपाल र चीनको कलाकारहरु कलालाई प्रवर्दन गर्न कला प्रदर्शनीको आयोजना गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्