बोल्ने समय बाँकी छँदै सभामुखले माइक काटे
सभामुखले कँडेल बोल्दाबोल्दै माइक काटेलगत्तै कांग्रेसकै नमिताकुमारी चौधरीलाई बोल्न समय दिएका थिए।
सभामुखले कँडेल बोल्दाबोल्दै माइक काटेलगत्तै कांग्रेसकै नमिताकुमारी चौधरीलाई बोल्न समय दिएका थिए।
तीन हजार पाँच सय मिटर उचाइको जुगल आधार शिविरमा बसेको २१ औं बैठकले ने–पेमासाल घोषणा जारी गर्दै ने–पेमासाल बृहत्तर परियोजना सञ्चालन गर्ने निर्णय गरेको छ। ने–पेमासाल उपत्यका र दोस्रो शिविर बुम्बाशेर्पु आसपासलाई बैठकले विशेष क्षेत्र घोषणासमेत गरेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको बैठक जारी छ। बैठकको सुरु नै राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा गरेन भने कडा कदम चाल्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको बैठक जारी छ। संसद बैठकको सुरुमै गिरिशचन्द्र लाल आयोगको प्रतिवेद सार्वजनिक गर्न राजपा सांसद चन्दा चौधरीले आग्रह गरिन्।
पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ।
उक्त कार्यक्रममा अहिलेसम्म पार्टी एकता भए पश्चात भएका गतिविधिसमेत जानकारी गराइने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
सांसदहरुले जनताका फाईल बोकेर कोठा कोठा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न एक बर्ष अघि अध्यक्षले दिएको निर्देशन अझै पनि कार्यन्वनय नभएको र सांसदहरु मन्त्रालय धाउनुपर्ने अवस्था कायमै भएको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराए।
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धी विधेयक तर्जुका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको बताएका छन्।
सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रुपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो। आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त भएका छन्। सिंह विद्युत् विकास विभागको पूर्वमहानिर्देशक छन्।
प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन्।
विशेषगरी चन्द नेतृत्वको नेकपा गतिविधिमाथि र यस क्षेत्रमा भइरहेको चलखेललाई लिएर सुरक्षा निकाय संवेदनशील बनेको हाे।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल नगराई नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रि–बजेट विगतमा अभ्यास भएको र अहिले पनि गर्नुपर्ने भन्दै यसो नगरिए संसदको नै अवमूल्यन हुने निष्कर्ष निकालेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छिन्। अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको शुक्रबार बेइजिङमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन्।