२० आश्विन २०८१ आइतबार
image/svg+xml

वैदेशिक रोजगारीले परिवार भताभुङ्ग, गर्भका लागि अार्थिक चलखेल

श्रीमान् विदेश रहेका समयमा परपुरुषसँगको शारीरिक सम्बन्धबाट गर्भ बसेको खुलेपछि सदरमुकाम दिक्तेलका एक परिवार भताभुङ्ग भएको छ। अस्वस्थ भएर स्वास्थ्य संस्था पुर्‍याइएकी महिला परपुरुषसँगको अवैध सम्बन्धका कारण गर्भवती भएको खुलेपछि परिवार छाँगाबाट खसेजस्तो भएको थियो।

वैदेशिक रोजगारीका सबै सेवा अनलाइनबाटै

वैदेशिक रोजगारीमा जान खोज्दै हुनुहुन्छ भने खुशीको खबर छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदाका सबै प्रक्रिया अनलाइनबाट गर्ने व्यवस्था मिलाएको छ। जसले गर्दा वैदेशिक रोजगारीको क्षेत्रमा हुने विकृति घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन, रोजगारीको समस्या उस्तै

नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन्। उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ।

रोजगारीको लागि भारत जान पनि अनुमति लिनु पर्ने

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ घोषणा गर्दै सुविधामा विस्तार गरेका हुन्। सरकारले पहिलो पटक रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुने नयाँ व्यबस्था गरेको छ।

रोजगारीमा जानुअघि हजारौं गुमाउँदै श्रमिक

वैदेशिक रोजगारी युवायुवतीको बाध्यता या रहर के हो? केही अपवादबाहेक यतिखेर अधिकांश युवायुवतीका लागि वैदेशिक रोजगारी बाध्यता हो भन्नेमा सायदै प्रश्न उठ्ला।

'अफ्रिका नेपालीका लागि रोजगारी र व्यवसायको नयाँ गन्तव्य'

पूर्वी तथा पश्चिम अफ्रिका मुलुकहरुमा हेर्ने गरी दूतावास खोल्न सरकारसँग आग्रह गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न भएको छ।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।

विदेशबाट फर्किएकाको सुझाव: सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुस्

सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने यहाँ आज आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन्।

ट्रम्पले भने–विदेशीलाई अमेरिकी जनताको रोजगारी खोस्न दिन्न

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि युवाहरुको रोजगारीको मुद्दा उठाएका छन्। अमेरिकी जनताको हितलाई जोड दिँदै ‘एचवानबी भिसा’ (जुन विभिन्न पेशमा आबद्ध व्यक्तिकालागि जारी गरिएको हुन्छ) प्रयोगकर्ता विदेशी कामदारले अमेरिकी स्थानीयलाई रोजगारीबाट बञ्चित गरेको आरोप लागिरहेका बेला ट्रम्पले अमेरिकी जनताको रोजगारी गुम्न नदिने बाचा गरेका हुन्।

रोजगारी दिने भन्दै विपन्न वस्तीबाट तीन बस भरेर मान्छे ल्याउने पक्राउ

मुगु–काठमाण्डौंको एक ईटा भट्टामा रोजगारी उपलब्ध गराईदिने भन्दै मुगुका विभिन्न दलित बस्तीबाट सयौं युवा युवती र बालबालिकालाई बसमा लैजाने तयारी गरिरहेका दुईजनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाबा रामदेवको पताञ्जलीले नेपालमा एक लाख रोजगारी सिर्जना गर्ने

आयुर्वेदबाट नेपालको आर्थिक वृद्धि र रोजगारी बढाउन यही उद्योग स्थापना गरिने उनले बताए।‘नेपालका कृषि तथा जडीबुटीलाई प्रशोधन केन्द्रबाट उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘नेपालका जडीबुटी उपयोग गर्दै अर्थोपार्जन र लाखौंलाई रोजगारी प्रदान गरिने छ।’

खानी उत्खनन्बाट रोजगारी

विश्वका कतिपय देशले आफूसँग उपलब्ध खनिज स्रोतको उत्खनन् र निर्यात गरेर समृद्धि हासिल गरेका छन्। मानिसले खनिज पदार्थलाई परापूर्व कालदेखि नै सजावट, गरगहना, औषधि तथा सानादेखि ठूला आधुनिक संरचना खडा गर्न निर्माण सामग्रीको रूपमा  प्रयोग गर्र्दै आइरहेका छन्।

स्वदेशमै रोजगारी र उद्यशीलतालाई प्रोत्साहन गर्न जोड

वैदेशिक रोजगारीलाई निरुत्साही गरी स्वदेशमै रोजगार तथा उद्यमशिलतालाई प्रोत्साहन दिने लगायतका विषयमाजोड दिँदै ‘काठमाडौं घोषणा पत्र’ जारी गरेरदोस्रो राष्ट्रिय आप्रवासन सम्मेलन बुधबार सकिएको छ ।

वैदेशिक रोजगारीमा गएकाले तिरेको ४ करोड १० लाख कसले खायो?

वैदेशिक रोजगारीमा गएका कामदारबाट उठाइएको कल्याणकारी कोषको रकम विभिन्न देशमा रहेका नेपाली दूतावासबाट दुरुपयोग भइरहेको भेटिएको छ। वैदेशिक रोजगार प्रवर्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषअन्तर्गतको रकम समस्यामा परेका र मृत्यु भएका कामदारको उद्धारका लागि बोर्डले दूतावासलाई दिए पनि कामदारको करोडौं रुपैयाँको हिसाबकिताबको कुनै लेखाजोखा छैन।

गगन थापाको पहिलो निर्णय वैदेशिक रोजगारीमा जाने युवाको पक्षमा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले पदभार ग्रहण गरे लगत्तै वैदेशिक रोजगारीमा जाने युवासम्बन्धी एउटा निर्णय गरेका छन्। विदेश काम गर्न जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत पर्दा गरिब नेपालीले दुःख पाएको भन्दै सो कार्य छानवीनका लागि विशेषज्ञ समिति गठनको निर्णय गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्