२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङ र मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

ज्योती–अजोड सम्झौता

ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सहमतिपत्रमा ज्योतिका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

सिभिल बैंक र एनबिआईबीच सम्झौता

उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन्।

७७ परियोजना प्रस्तावमा १५ वटा सम्झौता, १७ सोकेसका परियोजनामा लगानी प्रस्ताव

समृद्ध नेपाल बनाउने सपनासहित आयोजना गरिएको लगानी सम्मेलनमा सम्झौता भएका परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। शनिबार बेलुकी सम्मेलनको समापन समारोहमा सम्झौता भएका १५ परियोजनामध्ये धेरै परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। सम्मेलनमा सीजी गु्रपले चार वटा परियोजनामा सम्झौता गरेको छ।

सरकार र एनआरएनबीच १० अर्बको लगानीमा सहमति

सरकार र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ।  राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनएबीच सो सम्झौतामा हस्ताक्षर भएको हो। एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो।

ओम र महालक्ष्मी सम्झौता

ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्झौता भएको छ। सम्झौतामा ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन्।

लगानीसँगै श्रमिक पनि विदेशबाट !

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यतिवेला सरकार लागिपरेको छ। भोलि र पर्सि सरकारले लगानी सम्मेलन आयोजना गर्दै छ। सम्मेलनको तयारी भइरहँदा सरकारले जापानसँग श्रम सम्झौतासमेत गरेको छ।

रुस–भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी

रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षासमेतका विभिन्न क्षेत्रमा सहयोगसम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले बताएका छन्।

‘लोकस्टार’को सम्झौता

नेपालीहरूको आफ्नै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को बजार प्रवद्र्धन र विक्री वितरणको अधिकार एड प्याड नामक मिडिया मार्केटिङ कम्पनीले पाएको छ। एड प्याडका तर्फबाट निर्देशक सरोज बस्नेत र ‘नेपाल लोक स्टार’ उत्पादक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाबीच गत बिहीबार अधिकारबारे सम्झौता भएको हो।

१८ पुलमध्ये चारको मात्र निर्माण सम्झौता

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १८ मध्ये चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको छ। सडकखण्डमा पर्ने दासढुंगा, खानी, मौरी र जलबिरे पुलको मात्र निमार्ण कार्य भइरहेको हो।

मुक्तिनाथ–महालक्ष्मी सम्झौता

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले देशभर रहेका आफ्ना एक सय २० शाखाबाट महालक्ष्मीको जीवनबिमा योजना बिक्री गर्नेछ।

वैदेशिक रोजगारीको पीडा

रोजगारीका लागि बिदेसिने महिलाको संख्या पछिल्लो समय जे–जसरी बढ्दै गएको छ, त्यससँगै दुःख र वेदनाका कथाहरू पनि त्यसरी नै थपिँदै गएका देखिन्छन्। घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै पनि कतिपय महिला वैदेशिक रोजगारीमा गएको पाइन्छ। वैदेशिक रोजगारीलाई रोज्नु महिलाहरूको रहर नभएर बाध्यता हुने गरेको छ। आफ्नो आर्थिक स्थिति सुधारका लागि भन्दै महिलाहरू बाध्यताले विदेश त जान्छन् तर त्यहाँ आफूमाथि शोषण भइरहेको चाल पाएपछि भने ‘तावाको माछो भुंग्रोमा’ परेजस्तै गरी छटपटाउन विवश हुन्छन्।

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

गत शुक्रवार स्वतन्त्र मधेस गठबन्धन नामक समूहका नेता सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गर्दै जाजरकोटमा सत्तारुढ नेकपा र विपक्षी पार्टीका युवाहरुले प्रदर्शन गरेका छन्। सरकारले देश टुक्राउन उद्धत व्यक्ति र संगठनसँग गरेको सम्झौता नेपालको हितमा नभएको भन्दै उनीहरुले सम्झौता  खारेज गर्न आग्रह गरेका हुन्।

सन्राइज बैंकको सम्झौता

सन्राइज बैंकले ग्राहकमाझ उच्चस्तरीय सुविधा दिने क्रममा हालै भारतस्थित बिएलके सुपर स्पेससालिटी र नानाभाती सुपर स्पेससालिटी हस्पिटलबीच सम्झौता भएको छ।

चीनबाट गाई आयात गर्ने सम्झौता खारेज गर्न माग

केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्