काठमाडौं – ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सहमतिपत्रमा ज्योतिका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले अजोडले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा, सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।
प्रकाशित: २१ चैत्र २०७५ ०६:१५ बिहीबार