७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

खानेपानीका लागि नगरपालिकाको जमानत, सहकारीको ऋण

खानेपानीको चरम अभाव भोगिरहेका पाँचखाल नगरवासीहरु ऋण काढेरै भए पनि ‘घर घरमा पानी–आफ्नै लगानी’ अभियानमा जुटेका छन्। दाताको सहयोग र सरकारी ऋणमा नगरवासीले पनि रकम लगानी गर्ने गरी यो अभियान थालेका हुन्।

‘जनताका समस्यामा केन्द्रित रहेर काम गरिरहेको छु’

जिम्मेवारी बढेको र उत्साह थपिएको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्नुलाई मैले अवसरको रूपमा लिएको छु।

उपभोक्ता ऋणी बनाएर खानेपानी!

पाँचखाल नगरपालिकामा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गरिने भएको छ। पाँचखालका सबै बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त परियोजनाका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुलउपर गर्ने निर्णय गरेको हो। “जसरी पनि खानेपानी योजना सम्पन्न गर्नुपर्नेछ, यसबाहेक अर्को विकल्प नभएपछि नगरसभामा यस्तो निर्णय ग¥यौँ”, नगरप्रमुख महेश खरेलले भने।

संरक्षण भएनन् पाँचखालका लिच्छवीकालीन सम्पदा

काभ्रेपलाञ्चोक पाँचखालभित्रका लिच्छवीकालीन र सोभन्दा पुराना ऐतिहासिक सम्पदाको संरक्षण र अध्ययनको माग स्थानीयवासीले राखेका छन्। सयौं वर्ष पुराना सिक्का, इँटा, पुराना घरको जग, भाडाका टुक्रा फेला परेपछि स्थानीयले त्यसको खोजोनीति र संरक्षण गर्न सरोकारवाला निकायसमक्ष माग गरेका हुन्।

इँटाभट्टाको गारो भत्कँदा भाइबहिनीको मृत्यु

काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित वीर हनुमान ब्रिक फेक्ट्रीको भट्टाभित्र धुँवा पास गर्न बनाइएको गारो (डग वाल) भत्कँदा किचिएर भाइबहिनीको मृत्यु भएको छ। गारोले थिचेर दुईजना घाइते भएका छन्।

भूमिगत जलभण्डार जोगाउन ‘घर घरमा पानी, आफ्नै लगानी’

सहरीकरणसँगै खानेपानीका लागि जताततै इनार र डिप बोरिङ खन्ने क्रम बढेपछि काभ्रेको पाँचखाल नगरपालिकावासीले भूमिगत जलभण्डार रित्तिन नदिन ‘घर घरमा पानी–आफ्नै लगानी’ अभियान थालेका छन्। स्थानीयले आफ्नो योगदान, सरकारी अनुदान र ऋणमा खानेपानी आयोजना सञ्चालन गर्न लागेका हुन्।

इँटाभट्टा हटाउन प्रशासन गुहार्दै पाँचखालवासी

‘तरकारी फल्ने जमिनमा इँटा फल्न थाल्यो । भट्टाको धुलो र धुँवाले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएको मात्रै छैन, आम्दानीको एउटै स्रोत तरकारी बालीसमेत सखाप हुन थाल्यो । हाम्रो उठिबास हुने भयो, सिडिओ साप ।हामीलाई न्याय चाहियो,’ काभ्रेका प्रजिअसमक्ष गुनासो राख्दै थिए, पाँचखाल–७ का इश्वर दंगाल।

भट्टाले भत्काउँदैछ पाँचखालको सुन्दरता

राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवतीको सिरोभाग। दनुवार समुदायको उत्पत्ति थलो। बस्तीसँगै जोडिएको झिकुखोला जलाधार क्षेत्र। छेवैमै पाँचखाल जंगल र ऐतिहासिक रानीपोखरी। ‘पाँचखाल क्षेत्र राजा मानदेव र अंशुबर्माको ऐतिहासिक दरबार र रानीपोखरीले बेग्लै ठाउँ मानिन्छ,’ पाँचखाल उपत्यकाको इतिहास र पुरातत्व अध्ययन गरिरहेका श्रीकृष्ण धिमालले भने, ‘तर सरोकारवाला निकायले यसको इतिहास बुझ्ने प्रयास नगर्दा पुराना महत्वपूर्ण धरोहर गुमाउने अवस्थामा पुग्यौं।’

काठमाडौंको प्रदूषण असर पाँचखालसम्म

काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

बनेपामा एमालेको अग्रता, पाँचखालमा माओवादी अगाडि

बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुदेखि नै अग्रता लिइरहेका छन्। रातिदेखि भइरहेको मतगणनामा मेयर पदमा एमाले प्रत्यासी लक्ष्मीनरसिंह बादेले १७५ मत पाएका छन्। काँग्रेसका राम जोशी १५१ मत ल्याएर उनलाई पछ्‌याइरहेका छन्। माओवादीका भोला अर्यालले ३३ मत पाएका छन्।

काभ्रेको पाँचखालमा बम फेला

काभ्रेको पाँचखाल नगरपालिकामा आइतबार बिहान बम फेला परेको छ । समाज कल्याण मतदान केन्द्र नजिक बम फेला परेपछि पाँचखाल नगरपालिकाका सुरक्षाकर्मीको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

शान्ति सेना प्रमुख पाँचखालमा

नेपालमा जारी संयुक्त सैन्य अभ्यासको संयुक्त राष्ट्र संघ मुख्यालयको शान्ति सेना विभागका प्रमुख लेफनिनेन्ट जनरल कार्लोस हम्बे्रटो लोईटीले निरिक्षण गरेका छन्।

पाँचखाल सेजको गुरुयोजना अन्तिम चरणमा

सरकारले विशेष आर्थिक क्षेत्र (सेज) का रुपमा तेस्रो प्राथमिकतामा राखेको पाँचखालमा आर्थिक वर्ष ०७३/७४ को सुरुदेखि काम आरम्भ हुने भएको छ। आर्थिक क्षेत्र विकास समितिले धुलिखेलमा आयोजना गरेको कार्यक्रममा पाँचखाल सेजमा साउन २ गतेदेखि नै पूर्वाधार विकासका काम हुने जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्