२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र वथनाहा–विराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ।

प्रदेश राजधानी जनकपुर अझै अस्तव्यस्त

प्रदेश–२ को राजधानी सहर जनकपुर अस्तव्यस्त बनेको वर्षदिन बितिसक्यो। सहरभित्रका सडक र नालाको स्तरोन्नति गर्न भन्दै मुख्य बजार क्षेत्रका सबै सडक खनिएको छ। सडक फराकिलो पार्न दुवै छेउका भवन भत्काइएका छन्। सहरको केन्द्र मानिने शिवचोक, भानुचोक, जनकचोक, रामचोकलगायत क्षेत्रको बजार बन्द भएको पनि महनौ भइसक्यो। यही अवधिमा प्रदेशको अस्थायी मुकाम तोकियो जनकपुर । स्थायी राजधानी तय हुने संवैधानिक तयारी अन्तिम चरणमा पुगेको छ। नगरको भौतिक अवस्था भने दयनीय छ।

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

जलेश्वर जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक रहेको वन टोलवामा शुक्रबार विहानै बस पल्टेर दुर्घटनाग्रस्त हुदा २५ जना यात्रु घाइते भएका छन्।

जनकपुरबाट काठमाडौं आइपुगे मोदी

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आइपुगेका छन्।

जनकपुरमा मोदी : जानकी मन्दिरदेखि बाह्रविघासम्म (फोटो फिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमण आएका मोदीले पहिलो दिन जानकी मन्दिर जनकपुरमा पूजा अर्चना गरे।

बस सेवाले जोडियो जनकपुर- अयोध्या

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-अयोध्या सिधा बस सेवा उद्घाटन गरेका छन्। यो सँगै सीता जन्मभूमि जनकपुर र राम जन्मभूमि अयोध्या बस सेवाले जोडिएको छ।

अयोध्या र जनकपुरको नाता अटुट छ : माेदी

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गरेका छन् । सोही अवसरमा जनकपुर–आयोध्या बस सेवा पनि सञ्चालन भएको छ ।

भारतीय प्रधानमन्त्री माेदी जनकपुरमा अवतरण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।

प्रधानमन्त्री अाेली जनकपुरमा

प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् । उनी विमानस्थलबाट सिधै जानकी मन्दिर पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ओलीले रामायण सर्किटको शुभारम्भ गर्ने तयारी कार्यक्रम छ ।

माेदीकाे स्वागतमा जनकपुरमा मानिसकाे घुइँचाे [फाेटाे फिचर]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइने नागरिक अभिनन्दनका लागि स्थानीयहरु जुट्ने क्रम जारी छ । जनकपुरस्थित १२ विघा मैदानमा स्थानीयहरुको घुइँचो लागेको छ । १२ विघा मैदानमा आसपासका जिल्लाका मानिसहरु पनि जम्मा भएका छन् ।

जनकपुरमा मोदीकाे दुई घन्टा, यस्ता छन् कार्यक्रम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार जनकपुर अवतरण गर्ने तयारी हुँदैगर्दा स्थानीयमा हर्षोल्लासको वातावरण छाएको छ । जनकपुरलगायत प्रदेश २ का आठै जिल्लाका हजारौं नागरिकले स्थानीय बाह्रबिघा मैदानमा आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री मोदीको भव्य स्वागत गर्ने तयारी छ।

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

शुक्रबार नेपाल भ्रमण आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश २ को  सरकार र जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो।

मोदी सुरक्षाका लागि २५ भारतीय सैनिक जनकपुरमा

नेपाली पक्षले सुरक्षाको तयारी गरिरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि २५ जना भारतीय सुरक्षाकर्मी नेपाल आएका छन्।

जनकपुरमा तयारी पूरा

अगामी शुक्रबार नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत तथा अभिनन्दन गर्न आवश्यक सबै तयारी पूरा भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। मोदी भ्रमणको तयारी अवलोकन गर्न सोमबार जनकपुर आएका मन्त्री ज्ञवालीले जानकी मन्दिर दर्शन तथा रंगभूमि मैदान बाह्रबिघामा नागरिक अभिनन्दनका लागि प्रदेश सरकार र स्थानीय सरकारले सबै तयारी पूरा गरिसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्