१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनकपुरबाट काठमाडौं आइपुगे मोदी

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आइपुगेका छन्।  

प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे। पटनाबाट जनकपुर आएका मोदीले जानकी मन्दिरमा पूजा गरेका थिए। मोदी र ओलीले जनकपुर-अयोध्या सिधा बस सेवाको शुभारम्भ गरे। त्यसपछि मोदीले बाह्रविघमा आयोजित नागरिक अभिनन्दन ग्रहण गर्दै सम्वोधन गरे।

मोदीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड आफ अनर प्रदान गरिने छ। उनले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री ओलीसँग भेट गर्ने छन्। उनले आजै पूर्व प्रधानमन्त्रीहरुसँग पनि भेट गर्नेछन्।

प्रकाशित: २८ वैशाख २०७५ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App