२० आश्विन २०८१ आइतबार
image/svg+xml

शेयर बजारमा सामान्य वृद्धि

मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ।

शेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ।

शेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ ।

शेयर बजार परिसूचक बढ्दा कारोबार भने खुम्चियो

नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज भने सुधार  आएको छ। तर कारोबार भने खुम्चिएको छ। परिसूचक ६.६७ अंकले बढेर ११ सय ७७.४६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

छ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ओरालो लाग्ने क्रम आज पनि रोकिएन। आईतबार १५ अंकले घटेको नेप्से परिसूचक आज सोमबार ६.३५ अंकले घटेर ११सय ६०.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ।

५.९ अंकले घट्याे नेप्से

साताको पहिलो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज दोस्रो दिन ५.९ अंकले घटेको छ। परिसूचक ०.४९ प्रतिशतले परिसूचक घट्दा ११ सय ८९.५६ विन्दूमा पुगेको हो।

सामान्य घट्यो नेप्से

बुधबार स्थीर प्राय रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.३१ अंकले घटेर १२ सय ५.५८ कायम भएको छ। परिसूचक घटेपनि कुल कारोबार रकममा भने सुधार आएको छ।

८ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार ८.२ अंकले घटेर ११सय ८८.०७ कायम भएको छ।  ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७८ अंकले घटेको छ।

परिसूचक र कारोबार रकम दुबैमा उच्च बृद्धि

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा उच्च बृद्धि देखिएको छ। परिसूचक २८.७३ अंकले बढेर १२ सय ९.७३ अंकमा पुगेको छ, जुन २.४३ प्रतिशतको बृद्दि हो।

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

टिकेन नेप्सेमा उच्च वृद्धि : १२ सय १३ पुगेको परिसूचक ओर्लिएर ११ सय ९९ मा

मंगलबारको शेयर कारोबार सुरु भएदेखि निरन्तर बढेर नेप्से परिसूचक १२ सय १३ सम्म पुगेकोमा कारोबारको मध्य समयतिर पुनः ओर्लिदा ११ सय ९९ मा पुगेर बन्द भएकोे छ। दिउँसो १ः४५ सम्म निरन्तर बढिरहेको थियो। तर त्यसको २० मिनेटसम्ममा परिसूचक करिब १२ अंकले घटेको थियो। समग्रमा भने नेप्से परिसूचक ४ दशमलव ७७ अंकले बढ्यो।

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

नयाँ आर्थिक वर्ष, कारोवारमा अनलाईन प्रणालीको अभ्यास तथा मौद्रिक नीतिको कार्यान्वयन जस्ता अवस्थाबीच नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साता ऋणात्मक रह्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्