२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

८ अंकले घट्यो नेप्से

काठमाडौं–नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार ८.२ अंकले घटेर ११सय ८८.०७ कायम भएको छ। 
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७८ अंकले घटेको छ। 

आज उत्पादन मूलक बाहेक सबै समूहका परिसूचक ओरालो लागेका छन्। सवैभन्दा धेरै जीवन विमा समूहको सूचक ७५.२ अंकले घटेको छ। नीर्जिवन विमा समूहमा पनि ५९.७४ अंकको गिरावट आएको छ। उत्पादनमूलक समूह सूचक ११.१५ अंकले बढेको छ।

१६० कमपनीका ६लाख ३ हजार१०२ कित्ता शेयरहरु खरिद बिक्री भएर २२ करोड ६१लाख ७२ हजार ९३ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

सोमबार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवद्र्धक शेयर १ करोड ८९ लाख६६ हजार ६४१ रुपैयाँ र साधारण शेयर ९१ लाख १० हजार ५३७ रुपैयाँको कारोबार भएको छ।

प्रतिकित्ता आम्दानीमा सबैभन्दा धेरै युनिलिभरको ४६९ रुपैयाँ र माहुली लघुवित्तको ५८ रुपैयाँ देखिएको छ। गुमाउनेमा राष्ट्रिय बिमा कम्पनीको प्रवर्दक शेयर ७८९ रुपैयाँ र साधारण १५२ रुपैयाँले घटेका छन्। 

 

प्रकाशित: ४ भाद्र २०७५ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App