२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

काठमाडौं - धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ। प्रतिशतका आधारमा अाइतबार बजार एक दशमलव २५ विन्दुले घटेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत तीन दशमलव शून्य आठ विन्दुले घटेर २४७ दशमलव ९८ विन्दुमा झरेको छ।

स्टकका अनुसार कूल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता शेयर रु २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद बिक्री भएको छ। कारोवार भएका कूल दश उपसमूहमध्ये अाइतबार सबै उपसमूहको शेयर घटेको छ। बैंकिङ १२ दशमलव ६४, होटल २८ दशमलव ८७, विकास बैंक ६ दशमलव ४७, जलविद्युत् २४ दशमलव ८९, वित्त पाँच दशमलव १६, निर्जीवन बीमा ९६ दशमलव ७६, उत्पादन ५० दशमलव ५४, अन्य सात दशमलव ७१, माइक्रोफाइनान्स २२ दशमलव ४५ र जीवन बीमा ४४ दशमलव ४० अङ्कले घटेका छन्। रासस

प्रकाशित: ९ मंसिर २०७५ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App