१० मंसिर २०८१ सोमबार
image/svg+xml

कालोपत्रे माग्दै स्थानीय र व्यापारी आन्दोलित

चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय र व्यापारीले आन्दोलन थालेका छन्। दुई वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सडक तोकिएको अवधिमा नसकिएपछि स्थानीय र व्यवसायीले बुधबार बिहान पसल बन्द गरेर आन्दोलन थालेका हुन्।

जग्गा व्यापारीको हत्या

जग्गा कारोबार गर्दै आएका इनरुवा–३ बस्ने ४० बर्से कारी यादवको हत्या भएको छ। इनरुवाको सोमबारे हाटछेउ घर भएका यादव मंगलबार खाना खाएर सुतेको थिए तर बुधबार बिहान घरनजिकै हत्या गरेको अवस्थामा उनको शव भेटिएको हो।

उद्योगी पक्राउमा निजी क्षेत्रको आपत्ति

नेपाल–चीन उद्योग वाणिज्य संघले वरिष्ठ उद्योगी तथा व्यापारी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै संघका सल्लाहकार तथा मुलुककै प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई विदेशबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

व्यवसायी रुप ज्योतिलाई तीन दिन थुनामा राख्न आदेश

व्यवसायी तथा पूर्व अर्थसहायकमन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ।

सुनसरीमा हत्या काण्ड : ११ वर्षयताका दोषी अझैसम्म पत्ता लागेनन्

२०६४ साल चैतमा संविधानसभा निर्वाचनको माहोल तातेको थियो। त्यहीँ निर्वाचनको पूर्वसन्ध्यामा चैत ८ गते इटहरीका हार्डवेयर व्यापारी दम्पती कैलाश र कान्ता अग्रवालको विभत्स हत्या गरेको अवस्थामा शव भेटियो। घटना भएको ११ वर्ष वर्ष वितिसकेको छ, अहिलेसम्म मुख्य दोषी फेला पर्न सकेको छैन।

उपभोक्ता ठग्ने व्यापारीलाई २ लाख जरिवाना

सन्धिखर्क नगरपालिकाले ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई जरिवाना तिराएको छ।

सडक विस्तारको सूचनाले व्यापारीहरू चिन्तित

गण्डकदेखि वीरगञ्ज भन्सार विन्दुसम्म सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ मिटर सडक फराकिलो पार्ने अन्तिम सूचना जारी गरेपछि व्यवसायिक भवन हट्ने डरले उनीहरु चिन्तित बनेका हुन्।

खरिद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ। बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थित श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच–पाँच हजार जरिवाना गरेको हो। ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरिद बिल लुकाएका थिए।

दरबारमार्गका व्यापारी भागाभाग

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्न थालेपछि राजधानीको दरबारमार्गका व्यवसायी पसल बन्द गरेर भागेका छन्।

गाउँमै तरकारी किन्न पुग्छन् एकाबिहानै व्यापारी

जुम्ला लिही गाँउका हर्कबहादुर रावत यो समयमा निकै व्यस्त छन्। उनी गाउँघरमा उत्पादित तरकारी खरिद गर्न लागेका हुन्। एकाबिहानै गाउँका किसानको बारीमै पुगेर तरकारी खरिद गर्नु र सदरमुकाम खलंगामा ल्याएर व्यापारीलाई बिक्रि गर्नु उनको दैनिकी जस्तै हो। यो समयमा जुम्लामै गोलभेडा, खुर्सानी, काउली, बन्दा, प्याज, लसुन, मुला र काक्रा तयार भइसकेको छ।

मलंगवामा व्यापारीको जुलुस

सरकारले मुलुकभर साउन १ गतेदेखि लागू गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस), कामदारले अनिवार्य प्यान नम्बर बनाउनु पर्ने, कामदारलाई बैंकमार्फत भुक्तानी गर्नुपर्नेलगायत व्यवस्था विरुद्ध उद्योग वाणिज्य संघ मलंगवाको आयोजनामा विरोध जुलुस प्रदर्शन भएको हो।

ठूला–साना व्यापारीबीच भेदभाव नहोस्

सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीसँग नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले छलफल गरेको छ । काठमाडौंमा बिहीबार दुई पक्षबीच नाकामा ढुवानीलाई कसरी सहज र सरल बनाउने विषयमा छलफल भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्