१२ श्रावण २०८१ शनिबार
image/svg+xml

३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदमा ३५ खेलमा चार सय १९ स्पर्धा प्रस्ताव गरेका छन्।

पर्यटकलाई हैरानी दिने सातजना युवा पक्राउ

पोखरा भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो अनुकुलको होटलमा जान दवाव दिने सातजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुले कतिपय सर्वसाधारण र पर्यटकलाई आफुले भनेको बसमा यात्रा गर्न पनि बाध्य पार्दै आएका थिए।

खलंगामा कृषि, पर्यटन र व्यापार महोत्सव

जुम्लाको सदरमुकाम खलंगामा कृषि पर्यटन प्रथम बृहत् व्यापार तथा सांस्कृतिक महोत्सव भइरहेको छ। संघीय सांसद विनिता कठायतले महोत्सवको उद्घाटन गरेकी थिइन्।

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

विश्वका विभिन्न १८र देशले बिहीवार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन्।

युक्रेनले युद्धका लागि आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउने भएको छ। सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको यूक्रेनले बताएको छ।

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्।

खेलाडीको स्वास्थ्य परीक्षण अवलोकन

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न ५ खेलका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परीक्षणको शुक्रबार अवलोकन गरेका छन्।

नाच–गानसहित ट्राफिक सचेतना

नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।

ईरानमाथि प्रतिबन्ध लगाउन इजराइलले ३२ मुलुकलाई लेख्यो पत्र

इजराइलका विदेश मन्त्री इजराइल कार्ट्जले विश्वका ३२ मुलुकलाई पत्र पत्र लेख्दै ईरानमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका हुन्।

सुनापति गाउँपालिका अब ‘थाङ्का कला हब’

मौलिकता जर्गेना गर्दै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङ्कु–थाङ्का हब घोषणा गरिएको छ।

जनउत्थान सामुदायिक लघुवित्तको वार्षिकोत्सव

जनउत्थान सामुदायिक लघुवित्तले १४ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जीवनप्रकाश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

खालि भित्ता चित्रले रङ्गाउँदै काठमाडौँ महानगर

महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्