२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हरियो चियापत्तीको मूल्य तोकिँदै

हरियो चिया पत्ती टिप्ने सिजन सुरु हुन २ महिना बाँकी रहँदा अर्गानिक उत्पादक चिया उद्योगले मूल्य निर्धारण गर्न थालेका छन् । पहाडी क्षेत्रमा नन्अर्गानिक चियाको मूल्यमा छोटो समयमै उतारचढाव आउने गरेपनि अर्गानिक उत्पादकले किसानलाई दिने हरियो पत्तीको मूल्य प्रायः उही दरमा हुन्छ ।

घट्यो चिया उत्पादन

समयमा वर्षा र मल अभाव हुँदा यो वर्ष मेची पहाडमा चिया उत्पादन घटेको छ। गत हिउँदमा वर्षा कम भएकाले जिल्लाका केही बगानको चिया उत्पादन निकै घट्यो। चिसो क्षेत्रका बगानमा मात्रै सन्तोषजनक उत्पादन रहेको बगान र कारखाना सञ्चालकले बताएका छन्।

चियाबारीमा उपराष्ट्रपति पुन (फोटो फिचर)

उपराष्ट्रपति नन्दबहादुर पुनले कन्यामस्थित चिया बगानको अवलोकन भ्रमण गरेका छन्। उनलर् शनिबार पर्यटकीय क्षेत्र कन्यामको चिया बगानको अवलोकन भ्रमण गरेका हुन्।

चिया प्रतिवेदन थन्कियो

समस्या समाधानका लागि भन्दै कार्यदल बनाउने, त्यसले बनाएको प्रतिवेदन पनि बुझ्ने तर त्यसलाई कार्यान्वयनमा लैजानुको साटो थन्क्याइदिने सरकारी शैली चिया क्षेत्रमा पनि दोहोरिएको छ।

साढे दुई अर्बको चियानिर्यात हुने

अनुकूलमौसम हुँदा यस वर्ष चियाउत्पादनबढेको छ ।उत्पादनबढेसँगैचालु आर्थिक वर्ष ०७३÷७४ माकरिब साढे २ अर्ब रुपैयाँको चियानिर्यात हुने भएको छ ।

ठमेलमा चिया पिउँदापिउँदै एक जनाको मृत्यु

ठमेलमा चिया पिउँदापिउँदै बेहोस भएर एक व्यक्तिको ज्यान गएको छ। काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित हिमालयन गाबा मण्डल स्टेडमा चिया पिउँदापिउँदै बुधबार एक्कासि बेहोस भएका पोर्चुगल नागरिक ५३ वर्षीय मानुअल पाउलको मृत्यु भएको हो।

यस्ताे देखियाे एमालेकाे चियापान [फाेटाे फिचर]

नेकपा एमालेले शनिबार चियापान कार्यक्रम अायेजना गरेकाे छ । धुम्बाराहीस्थित शङ्खपार्कमा दिउँसो १२ देखि ३ बजेसम्म गरिएकाे चियापान कार्यक्रममा विभिन्न राष्ट्रिय भेशभूषामा सजिएका कलाकारले झाँकी प्रदर्शन गरे।

एमालेबाट चियापान शनिबार

नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

कांग्रेसले चियापान नगर्ने

नेपाली कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाका दिन चियापना कार्यक्रम नगर्ने निर्णय गरेको छ। तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको एक वर्ष पूरा नभएको जनाउँदै कांग्रेसले उक्त कार्यक्रम नगर्ने भएको हो।

इलामे चियाको चमक

नेपालको सबैभन्दा पुरानो कारखाना विराटनगरको जुट मिल भनेर समान्य ज्ञानमा लेखिएको छ। त्यो सरासर गलत हो। त्यो भन्दा पहिले नै इलाममा १९३५ सालमा चिया कारखाना खुलेको हो।

यसपाली दसैंमा कांग्रेसले चियापान नगर्ने !

नेपाली कांग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापना कार्यक्रम यस वर्ष नगर्ने भएको छ । तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको एक वर्ष पूरा नभएको जनाउँदै कांग्रेसले कार्यक्रम स्थगित गरेको हो । पार्टी मुख्यसचिव कृष्ण पौडेलले तत्कालीन सभापति सुशील कोइरालाको निधनको एक वर्ष पूरा नभएकाले कार्यक्रम स्थगित गरेको जानकारी दिए । ‘गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसहितका अग्रजको निधन भएको वर्ष पनि पार्टीले चियापना गरेन,’ उनले भने, ‘यो पार्टीको परम्परा नै हो ।’ कोइरालाको गत माघ २६ गते निधन भएको हो ।

चिया किसान फेरि आन्दोलित

प्रत्येक वर्ष चर्किने चियाको हरियो पत्तीको मूल्य विवाद यसपटक पनि सुरु भएको छ । उद्योगीले मूल्यमा मनपरी गरेको भन्दै वर्षौंदेखि गुनासो गर्दै र पटक–पटक आन्दोलित बन्दै आएका झापाका चिया किसान फेरि आन्दोलनमा जुटेका छन् ।

नेपाली चिया प्रतिबन्ध गर्ने भारतीय ब्यापारीको चेतावनी

भारतीय व्यापारीले नेपाली अर्थाेडक्स चियामा गुणस्तर नभएको भन्दै भारत आयातमा रोक लगाउन दबाब दिएपछि देशभरका चिया उद्योगी झस्किएका छन्। आउँदो अक्टोबरमा हुने नेपाल–भारत पारबहन सम्झौता नवीकरणको केही महिनाअघि त्यहाँका व्यापारीले यस्तो माग गरेपछि उद्योगीमात्र होइन, किसानमा समेत यसको तरंग छाएको छ।

१ कप चिया बनाउँदा ७ ग्राम कार्बन !

चिया प्रशोधनमा आधुनिक प्रविधि विकास हुन नसक्दाको सोझो असर वायुमण्डलमा परिरहेको छ । दाउरा र कोइला प्रयोग गरी चिया प्रशोधन गर्ने परम्परागत प्रविधिले अधिक मात्रामा हानिकारक कार्बनडाइक्साइड ग्यास उत्सर्जन गरिरहेको अध्ययनले देखाएको छ ।

चियाले मस्तिष्क शक्ति

हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्