२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ।

पूर्वमा आधा घट्यो हरियो चिया

चियाको राजधानी मानिने इलामसहित पूर्वी जिल्लाहरूमा हरियो चियापत्ती उत्पादन ठूलो परिमाणले घटेको छ।

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

नेपाली तयारी चिया निर्यातमा भइरहेको अवरोध लामो समयसम्म सहज हुन नसक्दा उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ । पूर्वको पानीट्यांकी नाकाबाट चिया निकासी जटिल भएपछि उद्योगीहरू महँगो ढुवानी खर्च तिरेर वैकल्पिक नाका धाउन बाध्य भएका छन् ।

चिया निकासीमा भारतको तगारो

अनेक बहाना गर्दै नेपाली कृषि उपज निर्यातमा अत्तो थापिरहेको भारतले यतिबेला तयारी चियालाई मुख्य निसाना बनाएको छ।

खत्रीको चिया दोकान

नेपालको पूर्व क्षेत्र झापाको बिर्तामोडबाट शनिश्चरे हुँदै उत्तरतिर जाँदा जयपुर भन्ने गाउँ आउँछ। झण्डै पचास वर्षअघि त्यहाँ प्राथमिक विद्यालय र केही पुराना घरमात्र थिए । खत्रीको चिया दोकान गफाडीहरूको प्रतियोगिता हुने ठाउँ थियो। सात आठ वर्षको थियो, पंक्तिकार। त्यो बाटो हिँड्दा कहिलेकाहीँ हजुरआमाले ‘तँलाई भोक लाग्यो होला नाति, दूध बिस्कुट खा’ भन्नुहुन्थ्यो । खत्रीको दोकानमा भेला भएका केही टाठाबाठाले हजुरआमालाई आदरपूर्वक नमस्कार गर्थे, माहिला मुखियाकी आमा भनेर। झण्डै आधा घण्टा बस्दा चिया दोकानमा गाउँका ठूलाबडाले गरेको गफ सुन्ने मौका मिल्थ्यो यदाकदा। कतिपय कुरा अहिले पनि सम्झना आउँछ र हाँसो लाग्छ।

जिल्ला प्रशासनमा निःशुल्क चियादेखि औषधिसम्म

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाका अतिरिक्त विशेष सेवाहरू दिन थालिएको छ।

चिया निर्यातमा भारतीय अवरोध

नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ। पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन्।

अर्गानिक चिया नै खोज्छन् व्यापारी

जिल्लामा चिया टिपाइ चलिरहेका बेला अर्गानिक चिया उत्पादन गर्ने किसान र उद्यमीलाई बजारको माग धान्न गाहाे भइरहेको छ । गुणस्तरीय अर्गानिक चिया उत्पादन गर्ने उद्योगी र किसानलाई हरेक वर्ष उत्पादन थोरै तर माग बढी हुँदा मागअनुसार पुर्‍याउन समस्या हुने गरेको छ।

चिया–कफी विस्तारको लागी बोर्ड स्थापना

माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा चिया तथा कफी उत्पादनको लागी राम्रो मानीएको छ।

चियाको बजार बढाउन ‘इलाम टी एक्स्पो’

इलाम नगरपालिका र धरान उपमहानगरनगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेसँगै व्यापार–व्यवसायमा सहकार्य थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा उच्च माग गरेको इलामको चियाको आन्तरिक व्यापार प्रवद्र्धन गर्न धरानमा ‘इलाम टी एक्सो’ आयोजना गरिएको छ।

मोदीलाई प्रश्न– विवाद सुल्झाउन चीन गएको की चिया पिउन ?

भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको कडा आलोचना गरेको छ। कांग्रेस प्रवक्ता पवन खेडाले कुनै एजेण्डाविना चिया पिउन मात्रै चीन जानु गलत भएको टिप्पणी गरे। ‘प्रधानमन्त्री चिया पिउन चीन गएका हुन की विवाद सुल्झाउन?’ उनले प्रश्न गरे।

चियाबारी, चियापान र चियोचर्चा

चियाबारीमा सुख खोज्ने दुखिया ज्यानका थुप्रै पीडाहरू छन् आँसु लुकाएर अनुहारमा मुस्कानको खोजी गर्दै छातीभित्र अभावको भोक बोकेर चियाका मुना टिप्दै

इलामकाे श्रीअन्तुमा ८ देशका १५ चिया व्यापारी

२०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो।

चिया लोगोमा विवाद

सरकारले शनिबार विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो विवादमा परेको छ।

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

जर्मनीका चिया बायर (क्रेता) थोमस शुक्रबार सगरमाथाको फेदीमा पुगेर नेपाली चियाको चुस्की लगाउँदा दंग थिए। सेनाको हेलिकोप्टरबाट सगरमाथा आधार शिविर नजिकै स्याङबोचे पुगेका थोमस नेपाली चियाको स्वादसँगै त्यहाँको प्राकृतिक सौन्दर्यता देखेर निकै उत्साहित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्