१० कार्तिक २०८१ शनिबार
image/svg+xml

आर्थिक वर्षको चटारोमा बालुवा झिक्ने बढे

लमजुङ– बालुवा निकासीका लागि ठेक्का लगाउने कार्यालय जिल्ला विकास समितिका कर्मचारी आर्थिक वर्ष अन्त्यसँगै काममा व्यस्त रहेको मौका छोपेर व्यवसायीले अवैधरुपमा बालुवा निकासी गर्ने गरेका छन् ।

आर्थिक बृद्धिमा सरकारले राम्रोसँग काम गर्न सकेन: महत

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद प्रकासशरण महतले आर्थिक बृद्धिमा सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन्।

एक आर्थिक वर्षभर कर्मचारी सरुवा नहुने

काठमाडौँ– सरकारले नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आर्थिक वर्षको सुरुमै कर्मचारीसँग कार्यसम्पादन करार गरी आवभर ती कर्मचारीको सरुवा नगर्ने भएको छ ।

आर्थिक वर्षान्त नजिकिँदा मर्जरको चटारो

असारमा किसानलाई धान रोपाइँ गर्न हतार भएजस्तै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएर एकीकृत कारोबार गर्ने चटारोमा छन्। नयाँ आर्थिक वर्षसँगै एकीकृत कारोबार गर्ने उद्देश्यले आर्थिक वर्षको अन्त्यमा मर्जरमा जानेको लहर नै चल्ने गर्छ।

बोइङ ७५७ को आर्थिक मूल्यांकन तयारी सुरु

नेपाल वायुसेवा निगम सञ्चालक समितिले दुईमध्ये एउटा बोइङ जहाज बिक्रीको सैद्धान्तिक सहमति दिएपछि व्यवस्थापनले उक्त जहाजको आर्थिक मूल्यांकन गर्ने तयारी सुरु गरेको छ ।

आर्थिक वर्षको अन्त्यमा

आर्थिक वर्ष २०७२/०७३ समाप्त हुनै लागेको छ। अचेल सरकारी कर्मचारी, बैंकर मात्र नभई सबै व्यापारी पूर्णरुपमा व्यस्त छन्। कसैलाई बोल्नेसमेत फुर्सद छैन। वर्षभर घुमफिर गर्दै रहेका सरकारी हाकिम आफ्ना–आफ्ना कार्यालयमा फिर्ता आएका मात्रै हैन दिनभर हिसाब मिलानमा व्यस्त देखिन्छन्।

'आर्थिक वृद्धि हासिल गर्न सघाउने मौद्रिक नीति आउनुपर्छ'

२०१३ असार १४ गते चैनपुर २ संखुवासभामा जन्मेका किरणकुमार श्रेष्ठले २०४३ मा नेपाल बैंक लिमिटेडको सहायक प्रबन्धकबाट बैंकिङ सेवा सुरु गरी विभिन्न शाखा, विभाग तथा कार्यालयमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। विश्व बैंकको सहयोगमा सञ्चालित वित्तीय क्षेत्र सुधार कार्यक्रममा करार व्यवस्थापन अन्तर्गत व्यवस्थापन समूहको सदस्यको रुपमा नेपाल बैंक लिमिटेडभित्रबाट प्रमुख संयोजनकारी भूमिका निर्वाह गरेका श्रेष्ठले सोही बैंकमा महाप्रबन्धकको उच्च जिम्मेवारी सम्हालेको अनुभव छ । राष्ट्रिय वाणिज्य बैंकमा खुला प्रतिस्पर्धाबाट नियुक्त दोस्रो प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग नेपाल राष्ट्र बैंकले ल्याउन लागेको नयाँ मौद्रिक नीति, बैंकको वित्तीय अवस्था, लगानी लगायत विषयमा नागरिकका विष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंशः

विशेष आर्थिक क्षेत्र स्थापनासम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौँ– व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्र(सेज)को स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेकाे छ। सो विधेयकमा परेका संशोधनमा मंगलबारको बैठकमा छलफल भई पारित भएको हो । सो विधेयक अब संसद्को मूल बैठकमा चाँडै पेस हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्