९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौं : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन्।

जनप्रतिनिधिका गुनासाले घेरिए आर्थिक मामिलामन्त्री

स्थानीय तहका जनप्रतिनिधिले कानुन अभावमा स्थानीय, प्रदेश र संघीय सरकारबीच भावनात्मक सम्बन्ध विकास हुन नसकेको गुनासो गरेका छन् । कानुन अभावमै स्रोत पहिचान, परिचालन, कर, राजस्व र रोयल्टी संकलनमा द्विविधा पैदा भइ स्थानीय तह सञ्चालनमा कठिनाइ उत्पन्न भएको दुःखेसो उनीहरूले पोखे।

आर्थिक समृद्धि र सुशासनको योजनालाई केही मान्छेले बुझेनन् : प्रम अाेली

प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपालीबीचको सद्भाव भड्काउने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन्।

आर्थिक समृद्धिको सम्भाव्यता अध्ययनमा जोड

प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले आइतबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्ष ०७४÷७५ को लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। बजेटमा आर्थिक समृद्धिको खाका कोर्न सम्भाव्यता अध्ययनलाई जोड दिइएको छ।

आर्थिक वृद्धि ४.६ प्रतिशत यथावत

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ४.६ प्रतिशत यथावत रहने प्रक्षेपण गरेको छ । आगामी दुई वर्षसम्म वृद्धि दर औसत ४.३ प्रतिशतमा अड्ने बैंकले अनुमान पनि गरेको छ।

चीनको आर्थिक वृद्धिदर अपेक्षा गरिएभन्दा बढी

चीनमा यसै वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।

तीन महिनामा आर्थिक समृद्धिको खाका कोर्ने

प्रदेश ७ मा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा उठेका कुराको जवाफ दिँदै तीन माहिनाको छोटो अवधिमा सरकारले आर्थिक समृद्धिका लागि गर्नुपर्ने योजना र कामको खाका कोर्ने बताएका छन्।

प्रदेश ५काे सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विहीबार प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन्। प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए।

आर्थिक वृद्धिदर ४.७ को सट्टा ४.९

एसियाली विकास बैंक (एडिबी) ले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण सच्याउँदै पहिलेभन्दा बढ्ने बताएको छ।

आर्थिक वृद्धिदर ४.९ हुने एडिबीको प्रक्षेपण

एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

संघीयतामा आर्थिक विकास

आर्थिक र सैनिक हिसाबले पनि संसारकै पहिलो शक्ति संयुक्त राज्य अमेरिकाले अठारौँ शताब्दीबाटै संघीयताको अभ्यास सुरु गर्‍यो।

आर्थिक पारदर्शिता पहिलो प्राथमिकता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक पारदर्शिता सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आर्थिक समृद्धिका लागि अब सरकराले काम गर्ने र त्यसका लागि कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।

आर्थिक–सांस्कृतिक न्याय

२०७२ सालमा प्रधानमन्त्री भएसँगै केपी ओलीले ‘समृद्ध नेपाल, खुसी नेपाली’को नारा अघिसारे। राजनीतिक व्यवस्थाको परिवर्तनसँगै बढ्दो विकासको तीव्र जनआकांक्षाबीच आएकोनारा लोकप्रिय पनि बन्यो। फेरि प्रधानमन्त्री बनेका ओलीले ‘स्थायित्व, विकास र समृद्धि’को नारा अगाडि सारेका छन्।

आर्थिक गणना तयारी पूरा

आर्थिक गणनाका लागि खोटाङमा पूर्वतयारी थालिएको छ । आगामी वैशाख १ देखि जेठ ३१ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक नियुक्ति, सचेतनामूलक कार्यक्रम, प्रचार–प्रसारलगायत गतिविधि गरिएको केन्द्रीय तथ्यांक विभाग, आर्थिक गणना कार्यालय खोटाङले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्