२० असार २०८१ बिहीबार
image/svg+xml

प्रदेश ५ मा सवारी दुर्घटना : तीन वर्ष यताकै कम मृत्यु

५ नम्बर प्रदेशमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि ४ सय ८३ जनाको मृत्यु भएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका कुल १२ जिल्लामा भएका सवारी दुर्घटनामा ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्ला दुई वर्ष भन्दा कम हो ।

सवारी दुर्घटना बढ्दै, मृत्यु संख्या घट्दै

गत आर्थिक वर्ष २०७६/७७ मा काठमाडौं उपत्यकामा सवारी दुर्घटना बढेको पाइएको छ। सो आवमा उपत्यकामा १० हजार ३८ सवारी दुर्घटना भएका छन्। तापनि, दुर्घटनामा ज्यान गुमाउनेकोे संख्या भने कम छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७५/७६ मा दुर्घटना संख्या आठ हजार ५ सय ११ थियो।

दाङमा सवारी दुर्घटना : घट्यो मृत्यु दर

दाङमा पछिल्लो वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा भएका सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १ सय ४ थियो । ‘अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।

सवारी दुर्घटनामा गाँउपालिका अध्यक्षको मृत्यु

नवलपरासीको बर्दघाटमा भएको सवारी दुर्घटनामा प्रतापपुर गाँउपालिकाका अध्यक्षको मृत्यु भएको छ। प्रतापुर गाँउपालिकाका अध्यक्ष राजकुमार शर्माको जिल्ला सदरमुकाम परासी आउने क्रममा बर्दघाट बजार नजिकै गाडी दुर्घटना हुँदा मृत्यु भएको हो।

सप्तरीमा सवारी दुर्घटना अत्यधिक

सप्तरीमा सवारी दुर्घटना अत्यधिक हुने गरेको छ। आर्थिक वर्ष २०७४–७५ मा जिल्लामा ३२० सवारी साधन दुर्घटनामा परेका थिए।

चितवनमा सवारी दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० भानु चोकमा गएराती भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्