२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

खड्काको श्रद्धाञ्जलीमा संसदमा मौनधारण

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न संसद् बैठक बस्दै

संघीय संसद्काे दुवै सदनकाे बैठक अाज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएकाे छ।

प्रधानमन्त्रीको भारत भ्रमणसँगै अधिवेशन अन्त्यको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा निस्कनुअघि संघीय संसद्लाई सम्बोधन गर्ने भएका छन् । ओली चैत २३ गते भारत जाँदैछन्। उनले संसद्लाई सम्बोधन गरी भारत भ्रमणमा जानुको जानकारी गराउने छन्। प्रधानमन्त्रीको सम्बोधनलगत्तै संसद् अधिवेशन अन्त्य गर्ने तयारी छ।

संसद्मा बिदा कटौतीको विरोध

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सरकारले सार्वजनिक बिदा कटौती गरेको विषयमा विरोध जनाएका छन्।

हेर्नुहोस् राष्ट्रपति भण्डारीकाे संसद भवन यात्रा (फोटो फिचर)

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदा पूर्ण राजकीय सम्मान सहित सवारी चलाइएको थियो ।

राष्ट्रपति भण्डारीको संसदको संयुक्त बैठक सम्बोधन(लाइभ)

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पहिलो पटक सम्बोधन गरिरहेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज(विहीबार) संघीय संसदलाई सम्बोधन गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले पहिलो पटक बस्न लागेको प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन्।

संसद् भवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलित

बानेश्वरस्थित संघीय संसद्भवनमा कार्यरत कर्मचारीहरुले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका छन।

चिकित्साशिक्षा अध्यादेश संसद्मा दर्ता

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी अध्यादेश २०७४’ बुधबार संसद् सचिवालयमा दर्ता गरेको छ।  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाई वर्तमान सरकारले अनुमोदनका लागि संसद्मा दर्ता गरेको हो। अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवालयमा दर्ता गरिएको छ।

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घले

नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रमुख सचेतकमा राधा घले चयन भएकी छिन्। बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो।

चिकित्सा शिक्षा अध्यादेश संसदमा प्रस्तुत हुँदै

बहुप्रतिक्षित चिकित्सा शिक्षा अध्यादेशलाई संसदमा प्रस्तुत गरिने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त अध्यादेशलाई पेश गर्ने निर्णय गरेको बताए।

फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

संघीय समाजवादी फोरम नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन्। बुधबार अपराह्न तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नेता चयन गरेको हो।

पाकिस्तानी संसद्मा पहिलो पटक हिन्दू महिला

पाकिस्तानको संसद्मा पहिलो पटक हिन्दू महिला सांसदका रूपमा निर्वाचित भएकी छन् । पाकिस्तानको सीमान्तकृत अल्पसंख्यक हिन्दू महिला कृष्ण कुमारी ऐतिहासिक जित निकाल्दै संसद् सदस्य निर्वाचित भएकी हुन्।

संघीय संसदको पहिलो बैठक १० मिनेट मात्रै

आज सोमवारदेखि शुरु भएको संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठक दश मिनेटमै सकिएको छ ।  सोमवार प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

संसदको पहिलो अधिवेशन सुरु

संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको छ। नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै समयमा सुरु भएको हो। प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो। दुवै सदनका सदस्यहरुले आइतबार सपथ लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्