८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

मुख्यमन्त्री राउतको आक्रोश : कसले ढाल्छ मेरो सरकार ? (भिडियाे)

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजपा फोरम गठबन्धनको सरकार ५ बर्षसम्म कसैले हल्लाउन नसक्ने दावी गरेका छन्।

फेवाताल संरक्षणका लागि अभियान, मुख्यमन्त्रीसँग छलफल

प्रदेश नम्बर ४ को गहना पोखराको फेवाताल संरक्षण र यसको विस्तृतिकरणका लागि कास्कीबाट प्रदेशसभामा निर्वाचित ३ सांसदले सक्रियता देखाएका छन्।

सरकामा थपिए दुई मन्त्री, सञ्चार राज्यमन्त्री बाँस्कोटाको बढुवा

सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा सञ्चारमन्त्रीमा बढुवा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री रहेका बाँस्कोटा शुक्रबार सञ्चारमन्त्रीमा बढुवा भएका हुन् ।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

संघीय समाजवादी फोरम आजै सरकारमा जाने भएको छ। स्रोतका अनुसार आज ३ बजे शीतल निवासमा दुई मन्त्रीले सपथ लिने छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र इस्तियाक राई शहरी विकास मन्त्रीको रुपमा सरकारमा सहभागि हुँदैछन्।

दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा : मुख्यमन्त्री

प्रदेश २ मा सरकार गठन भएको सोमबार सय दिन पुगेको छ। उक्त अवसरमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सदनमा सरकारको सयदिने प्रगति विवरण सार्वजनिक गर्दै दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा पुरा गरेको दाबी गरेका छन्।

लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

प्रदेश नं २ को सरकारले आज गणतन्त्र दिवस मनाएको छ ।उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भएको थियो ।

मुख्यमन्त्री गुरुङ भन्छन् : प्रदेश सरकारलाई डमरु बनाईयो

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारलाई डमरु जस्तो बनाईएको बताएका छन्। ‘सरकारलाई डमरुजस्तो बनाईएको छ, एकापट्टि फर्के स्थानीय तह, अर्कोपट्टि फर्किँदा संघीय सरकार ठोकिन्छ, यो संघीयतालाई असफल पार्ने प्रयत्न हो ।’ उनले भने, ‘यसको विरुद्ध हामी डटेर लागिपर्नेछौँ।’

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले यसको व्यवस्थापन छिटो हुने बताएका छन्।

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन्।

न्यु डायमन्डलाई उपाधि

आयोजक शिवम् न्यु डायमन्ड एकेडेमीले पारामाउन्ट इङ्लिस स्कुलमाथि ३–२ को जित हात पार्दै प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ।

मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए।

मुख्यमन्त्री राउतको राजीनामा माग

नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन्। नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति समेत रहेका सर्राफले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको बेला राउतले देशको घरेलु विषय बिदेशीपाहुनाको अगाडि उठाएर मार्यादा बिपरित काम गरेको भन्दै राजीनामा माग गरेका हुन्।

थ्री स्टार र न्यु डायमन्ड सेमिफाइनलमा

थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमन्ड एकेडेमी प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्र भलिबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेका छन्।

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

भारतको कर्नाटक राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बनेको छ।

मुख्यमन्त्रीको राजीनामा माग

नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्