८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

युद्धविराम निरीक्षण गर्न राष्ट्रसंघीय पर्यवेक्षक यमनमा

युद्धग्रस्त यमनको होडेडामा लागू भएको युद्धविरामको अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय पर्यवेक्षण टोलीका प्रमुख यमन पुगेका छन्।

१५ हजार कैदीको नाम सार्वजनिक

संयुक्त राष्ट्रसंघको पहलमा स्विडेनमा भइरहेको यमन सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान भएको छ।

योगीको सुरक्षार्थ चार हजार प्रहरी परिचालन गरिने

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि जनकपुरमा चार हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

मुख्यमन्त्रीका असन्तुष्टि के हुन् ? (भिडियो)

अन्तर प्रदेश परिषदको बैठक पछि गठन भएको कार्यदलले प्रदेशले भोग्नु परेका समस्या समाधान गर्ने विश्वास मुख्यमन्त्रीहरुले व्यक्त गरेका छन्। प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले सुनिश्चित गरेका अधिकारलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा बैठकमा छलफल भएको बताए।

अन्तर प्रदेश परिषद बैठक, पाँच सदस्यीय कार्यदल गठन

प्रधानमन्त्री सहित बसेको अन्तर प्रदेश परिषदको बैठकले ५ सदस्यीय कार्यदल गठन गरेको छ। बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेको कार्यदल बनाएको हो। कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी छन्।

सहकार्यात्मक संघीयताको पक्षमा हिँडौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले निर्दिष्ट गरेको सहकार्यात्मक संघीयताको सिद्धान्तलाई अबलम्बन गरी अघि बढ्न संघीय सरकारलाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को संसदीय दलले आयोजना गरेको ‘ऊर्जा र सिँचाइमा तीनै तहका सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकार संविधानको मर्मविपरीत सञ्चालित भइरहेको आरोप लगाए।

नागरिकता समस्या बारे मुख्यमन्त्री भन्छन्: भान्जाभान्जीको स्वार्थ त्याग्नुपर्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राजनीतिक दलले भान्जाभान्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या आएको बताएका छन्।

मुख्यमन्त्री गुरुङले भने : भाञ्जा भाञ्जी को स्वार्थ त्याग्नुपर्छ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राजनीतिक दलले भाञ्जा भाञ्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या आएको बताएका छन्। नागरिकताबाट राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक स्वार्थ लिन खोज्दा सहजरुपमा नागरिकता लिन सहज नभएको उनले बताए।

यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता स्वीडेनमा

चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा सुरु हुँदैछ।

अन्योलमा सिनेट

छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न दुईपटक सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्रीले पत्राचार गरे पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सञ्चालक परिषद् (सिनेट) बैठक बस्न सकेको छैन। प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले आफू कारबाहीमा पर्ने डरले सिनेट बैठक डाकेका छैनन्।

मुख्यमन्त्री नमुना कृषि कार्यक्रमलाई १० करोड ८० लाख

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु गर्ने तयारी गरेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले योजना लागु गर्न सूचना निकाल्ने र गाउँ छनोट गर्ने प्रक्रिया अगाडि बढाउन लागेको हो।

पाँच वर्षभित्र विकासको छनक दिन्छौं : मुख्यमन्त्री गुरुङ

‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होईन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ।

हामी चिल्लो पात बन्छौँ : मुख्यमन्त्री गुरुङ

‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होइन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ, ५ वर्षभित्रमा हामीले पनि गण्डकी प्रदेशको विकासको छाँट र छनक देखाउनेछौँ’, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘हुने बिरुवाको चिल्लो पात भन्छन् नि, हो हामी हुने बिरुवाको चिल्लो पात हुन्छौँ, नकि गैँडाको जिब्रो जस्तो खस्रो।’

राजनीतिक तुरुप कि सांस्कृतिक?

‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको १२ डिसेम्बरमा हुने जनकपुरधाम यात्रा नितान्त सांस्कृतिक हुनेछ,’ काठमाडौंस्थित भारतीय दूतावासले नागरिकसँग भन्यो। दूतावास स्रोतका अनुसार योगीले रेलसेवा शिलान्यास गर्नेछैनन्, विवाह पञ्चमीमा जन्तीका रूपमा जनकपुरधाम आएर सोही दिन जन्तीकै रूपमा फर्कनेछन्। योगी निकटस्थका अनुसार जन्तीकै रूपमा पुनः अयोध्या फर्किएपछि महत्वपूर्ण घोषणा हुन सक्छ, जसले राजनीतिमा विशेष महत्व राख्छ।

समृद्ध नेपाल नभएसम्म विश्राम लिन्नः मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान सफल नभएसम्म विश्राम नलिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्