३ कार्तिक २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय वाणिज्य बैंकको लहान शाखाको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहान नगरपालिका ६ गणेश चोकमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

सम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन :स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले प्रकृतिले प्रचुर सम्भावना दिए पनि देशमा त्यसअनुरुपको आयुर्वेदिक चिकित्सा पद्धति विकास हुन नसकेको बताएका छन। त्रि

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। कार्कीले ४ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

बाग्मती प्रदेशमा कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन।

गण्डकीका मुख्यमन्त्री भन्छन्: संविधान माथि प्रहार गर्ने विरुद्ध मिलेर लडौं

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतामा रहेको निराशा र असन्तुष्टीलाई प्रयोग गरेर संविधानमाथि प्रहार गर्नेबिरुद्ध मिलेर लड्नुपर्ने बताएका छन्।

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : प्रदेश स्वास्थ्यमन्त्री जोशी

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूपमा लिएको बताएका छन्।उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए।

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो। बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो।

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडिपी प्रतिनिधिबीच छलफल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम ९युएनडीपी० का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ।

कोशी प्रदेश सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश जारी

पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बसेको पहिलो बैठकबाटै निर्णय गराएर बजेटसम्बन्धी अध्यादेश ल्याएका हुन्।

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए।

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन्।

सरकार बिस्तारमा ढिलाईः बिधेयक पास बहाना

आफ्नो कार्यकालको तीन महिना भन्दा बढि अवधि वितिसक्दा पनि सरकारलाई पुर्णता दिन नसकेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘विधेयक पास’ लाई ढिलाईको बहाना बनाएका छन्।

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

कोशी सरकारविरुद्धको रिट न्यायाधीशले हेर्न नमानेपछि सुनुवाइ नै स्थगित

प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन्।

सर्वोच्चलाई मुख्यमन्त्री थापाको जवाफः संविधानलाई टेकेर विश्वासको मत लिएको हुँ

भदौ १५ बाट पूर्ण सुनुवाइ हुने मुद्दाबारे सरकारले बुधवार सर्वोच्चलाई लिखित जवाफ पेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्