४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्यान्सर र खानपिनको सम्बन्ध

जर्मन वैज्ञानिक रुडोल्फ भिच्र्युले सन् १८४५ मा क्यान्सर सेल (कोस) पत्ता लगाएदेखि अहिलेसम्म सदैव आयुर्विज्ञानको प्रमुख चुनौतीका रूपमा रह्यो अर्बुद रोग। कोसमा रहने अणुवांशिक पदार्थ ‘डिएनए’ मा आउने खराबीका कारण क्यान्सर रोग लाग्छ भन्ने पत्ता लागेको धरै वर्ष भयो। तर यो महारोगको इलाजमा विज्ञानले धेरै सफलता हासिल गर्न सकेको छैन।

भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाको हस्तक्षेप

भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको भन्दै भक्तपुर नगरपालिकाले अस्पतालले हस्ताक्षेप गरेको छ । आप्mनो क्षेत्रअधिकारभित्र परेको अस्पतालमा भएको भ्रष्टाचारलाई टुलुटुल हेरिरहन नसकिने भन्दै नगरपालिकाले नगर प्रमुखको अध्यक्षतामा नयाँ अस्पताल व्यवस्थापन समिति गठन गरी हस्तक्षेप गरेको हो ।

लौठसल्ला जोगाउन स्थानीय सक्रिय

क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा लिइने माइरेई प्रजातिको लौठसल्लाको पछिल्लो समय खेतीसमेत गर्न थालिएको छ।

क्यान्सरपीडितको उपचारका लागि चटपटे व्यापार

तुलसीपुर उपमहानगरपालिका–१४, मलवार निवासी वीपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार सुरु गरेका छन्।

के हो पाठेघरको मुखमा हुने क्यान्सर?

स्त्रीरोग भन्नाले पाठेघर, डिम्बासय, डिम्बनली र पाठेघरको मुखको क्यान्सर हुन सक्छ। यी चारवटा क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चाहीँ हामीले सुरुमा पहिचान गर्न सक्यौं भने क्यान्सर हुनबाट रोकथाम गर्न सक्छौं।

‘क्यान्सर भनेको मेन्टल्ली डेथ होइन’

अभिनेत्री मनिषा कोइराला क्यान्सरमुक्त भएर स्वस्थ जीवन बाँचिरहेको सात वर्ष भयो। यो अवधिमा उनले आफूलाई सृजनात्मक काम गर्न प्रोत्साहन गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेकी छिन्। ‘क्यान्सरमुक्त भएर राम्रो स्वास्थ्य अवस्थामा रहेको सात वर्ष भयो। मेरो सृजनात्मक भोकको सन्तुष्टीको लागि काम गरिरहेको छु। त्यसैले समाजमा फर्किनु भनेको स्नेह हो न केवल कर्तव्यमात्र हो। तर, शुद्ध प्रेम हो। यसका लागि म कृतज्ञ छु,’ अभिनेत्री मनिषा कोइरालाले फोटोसहितको ट्वीटमा उल्लेख गरेकी छिन्।

अन्धविश्वासका पछि नलाग्न क्यान्सर विशेषज्ञको सुझाव

नेपालमा पछिल्लो पटक कतिपय बिरामीहरु हल्लाको पछि लागेर निको हुने क्यान्सर पनि छिप्पिएर मृत्युवरण गर्नु परेको घटना उनीहरुले औंल्याए।

विद्यार्थीलाई क्यान्सर बारे चेतना

धैर्य क्यान्सर फाउन्डेसनले काभ्रेको श्रीदेवी माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई क्यान्सरसम्बन्धी जनचेतना दिएको छ।

थाहा पाउनै गाह्रो अण्डाशयको क्यान्सर

सुटुक्कै मार्ने क्यान्सरमा पर्छ अण्डाशयको क्यान्सर पनि। यो क्यान्सर भएको सुरुमै कसरी थाहा पाउने ? हुन नदिन के गर्ने ? लगायत विषयमा प्रस्तुत छ नागरिककर्मी पवित्रा सुनारले प्रसूतिगृहका स्त्रिरोग तथा क्यान्सरविशेषज्ञ डा. कीर्तिपाल सुवेदीसँग गरेको कुराकानीको अंश ः

ग्रामीण महिलालाई पाठेघर क्यान्सर परीक्षणमा असहज

जिल्ला अस्पताल रामेछापले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न सकिने व्यवस्था हालै मात्र मिलाएको भए पनि ग्रामीण भेगका स्वास्थ्य चौकीमा भने सो सेवा उपलब्ध छैन।

असुरक्षित सम्बन्धले यौन अंगमा क्यान्सर हुन्छ

यौनरोग कसलाई लाग्छ ? यो रोग लागे उपचार हुन्छ कि हुँदैन ? लागिहाले के गर्ने ? आदि विषयमा प्रस्तुत छ वीर अस्पतालकी चर्म तथा यौनरोग विशेषज्ञ प्राडा लैला लामासित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको सार:

क्यान्सर उपचारमा नयाँदिल्ली धाउँदै नेपाली

गोरखाका खेमराज देवकाटाले पत्नी सविताको उपचारमा कम्तीमा २ करोड रुपैयाँ खर्च गरिसकेका छन्। सविताको छातीमा क्यान्सर भएको छ। कृषि विकास बैंकका पूर्वअधिकृत देवकोटाले भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा १० वर्षदेखि पत्नीको उपचार गराउँदै आएका छन्।

नेपालमै स्तरीय क्यान्सर अस्पताल नहुँदा वर्षेनी अर्बाै रूपैयाँ पुग्छ भारत

गोरखाका खेमराज देवकाटाले आफ्नी ५२ वर्षीया श्रीमती सविता न्यौपाने देवकोटाको उपचारमा कम्तीमा दुई करोड रुपैया खर्च गरिसकेका छन्। सविताको छातीमा क्यान्सर लागेको छ। कृषि विकास बैंकका पूर्व प्रथम श्रेणीका अधिकृत देवकोटाले भारतको राजधानी नयाँदिल्लीस्थित क्यान्सर अस्पतालमा विगत १० वर्षदेखि उपचार गराइरहेका छन्।

गलत खानपानले बढायो आन्द्राको क्यान्सर

तीन महिनाअघि वीर अस्पतालको ग्यास्ट्रोलोजी विभागमा एक २३ वर्षीया युवती उपत्यकाबाहिरबाट उपचारका लागि आइपुगिन्। उनमा दिसाबाट रगत देखिने र तौल घट्ने समस्या थियो। यो समस्या देखिएपछि अनेक अस्पताल चहार्दै उनी वीर आइपुगेकी हुन्। चिकित्सकले कोलनोस्कोपी गरे। कोलनोस्कोपीमा ठूलो आन्द्राको क्यान्सर भएको पत्ता लाग्यो। उनको थप जाँच गर्दा क्यान्सर अन्यत्र फैलिएको थिएन। चिकित्सकले ठूलो आन्द्राको शल्यक्रिया गरी पलाएको क्यासरको ट्युमर निकाले। त्यसपछि उनलाई निको भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्