२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सेमिफाइनल समीकरण पूरा

प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब र एपिएफ क्रमशः विजेता र उपविजता बन्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै, समूह ‘बी’ बाट पश्चिमाञ्चल र नेपाल पुलिस क्लब क्रमशः विजेता र उपविजेता बने।

हेटौंडा गोल्डकप : अन्तिम सेमिफाइनलमा पुलिस र संकटा भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा विहिबार (आज) दोस्रो तथा अन्तिम सेमिफाइलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दै छन्। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

गौरव र अनिश सेमिफाइनलमा

आठौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेका छन्। २१–१९, १८–२१ र २१–१५ को सेटमा देवीनगर क्लबका अनिल थाम्सुहाङ र महेश थापाको जोडीलाई पराजित गर्दै नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठको जोडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

हेटौंडा गोल्डकप : पहिलो सेमिफाइनलमा आर्मी र मनाङ भिड्दै

मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) बाट सेमिफाइलका खेल सुरु हुदैछ। पहिलो सेमिफाइल खेलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुदैछ। खेल दिउँसो २ः४५ बाट हेटौंडाको वन विज्ञान संस्थानको खेलमैदानमा सुरु हुनेछ।

पिएम कपको सेमिफाइनल समीकरण पूरा

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को सेमिफाइनलमा शिवम् न्यु डायमन्ड एकेडेमी र बंगलादेशको इफाट ग्रुप महिला भलिबल टोलीले खेल्ने भएका छन्।

सेमिफाइनल समीकरण पूरा

खुकरी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मूलपानीको क्रिकेट मैदानमा बुधबार बालुवाटार क्रिकेट एकेडेमीले मकवानपुर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै शान्तिनगर युथ क्लबसँगको भेट पक्का गरेको हो ।

शान्तिनगर र केसिटिसी सेमिफाइनलमा

शान्तिनगर र केसिटीसीले मंगलबारका खेलमा जित हासिल गर्दै खुकुरी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार शान्तिनगरले त्रिभुवन आर्मी क्लब तथा केसिटिसीले वाइवाइ जिएचसिएलाई पराजित गर्दै अन्तिम चारको टिकट काटेका थिए।

दुई जापानी सेमिफाइनलमा

जापानका ताइयो हिरानो र ताइसेई कागेयामाले बिहीबार जित हासिल गर्दै नेपाल आइटिएफ यु–१८ सर्किट वान टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । नेपाल लन टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा ताइयोले भारतका नाइथाओलिन काल्भिन गोल्मेईलाई ५–७, ६–४, ६–४ को नतिजामा हराए भने कागेयामाले पनि भारतकै प्रतिद्वन्द्वी जसभिन सिदानामाथि ४–६, ७–५, ७–५ को सेटमा पराजित गरे ।

बायर्न जर्मन कपको सेमिफाइनलमा

आर्येन रोबेनको दुई गोलप्रेरित बायर्न म्युनिख मंगलबार तेस्रो श्रेणीको क्लब पाडरबर्नलाई ६–० ले पराजित गर्दै जर्मन कपको सेमिफाइनल प्रवेश गरेको छ ।कीर्तिमानी १९आै जर्मन कपको उपाधि जित्ने लक्ष्यमा भएको बायर्न किङ्सले कोमन, रोबर्ट लेवान्डोवस्की, जोस्वा किमिच र कोरेन्टिन टोलिसोको गोलमा सानदार जिततर्फ अघि बढेको थियो । क्लबका लागि रोबेनले अन्तिम समयमा थप दुई गोल गरेका थिए ।

नीराजनको ह्याट्रिकले थ्री स्टार सेमिफाइनलमा

नीराजन खड्काको ह्याट्रिकप्रेरित रुस्लान थ्री स्टार क्लब धरानमा जारी २०औं बुढासुब्बा रेडबुल गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ।

बार्सिलोना कोपा डेल रे फुटबलकोको सेमिफाइनलमा

बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।विहिबार राति सम्पन्न क्वाटरफाईनलको दोस्रो लेगमा इस्पानियोललाई २–० ले हराउदै बार्सिलोनाले अघिल्लो स्थानमा ठाउँ पक्का गर्न सफल भएको छ।

नवयुगको गोलले त्रिभुवन आर्मी सेमिफाइनलमा

धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत विहीबार भएको खेलमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

आमिएन्सलाई २–० ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

महिलातर्फ पश्चिमाञ्चल सेमिफाइनलमा

राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आर्मी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्