२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कबड्डीको सेमिफाइनल समीकरण पूरा

राखेप च्याम्पियनसिपअन्तर्गत २२औं पुरुष तथा १७औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरुष–महिला दुवैतर्फ सेमिफाइनल समीकरण पूरा भएको राखेपले बुधबार जनाएको छ ।

पहिलो सहभागितामै सेमिफाइनल लक्ष्य

नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेको नेपाली टोली कम्तीमा अन्तिम चारको यात्रा गर्ने लक्ष्यसहित मंगलबार पाकिस्तान प्रस्थान गरेको छ ।

कृष्णा र भावना सेमिफाइनलमा

पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनुवार बिहीबार राखेप च्याम्पियनसिपअन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगितामा महिला एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । मध्यमाञ्चलका विपना ब्लोन र स्वस्थानी श्रेष्ठले अन्तिम चारमा स्थान पक्का गरे ।

मोरङ ११ सेमिफाइनल प्रवेश

मोरङ ११ पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । बुधवार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौँलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै मोरङ सेमिफाइनल प्रवेश गरेको हो ।

माहिका सेमिफाइनलमा

माहिका राणा १५औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । प्रायः प्रतियोगितामा जुम्ल्याहा दिदी मायांकासँग फाइनलमा प्रतिस्पर्धा गरेकी माहिकाले यो पटक भने सेमिफाइनलमै दिदी मायांकालाई प्रतिद्वन्द्वीका रूपमा पाएकी छिन् ।

सुदुरपश्चिम ११ र आयोजक सेमिफाइनलमा

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब र आयोजक पशुपति फारवेस्ट युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई मंगलबार १–० ले पराजित गर्दै  सुदुरपश्चिम ११ ले उपाधि दौडलाई कायम राखेको हो । धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा सुदूरपश्चिम ११ का चेतन थारूले  खेलको १६औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेटमा मंगलबार हङकङलाई ४ विकेटले हराउँदै नेपाली किशोर टोलीले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको छ ।

बक्सिङका सेमिफाइनल शनिबार

नेपालमा व्यावसायिक बक्सिङको रूपमा आयोजना गरिएको च्याम्प अफ दी च्याम्पियन्सका सेमिफाइनल खेलहरू शनिबार हुने भएका छन्।  महाराजगन्जस्थित जिमखानामा हुने सेमिफाइनलमा सरोस सेवा र यादव थापाले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा मनीष डंगोलले सुरेन्द्र कार्कीसँग खेल्नेछन्।

रूपन्देही सेमिफाइनलमा

एपिएफलाई ३–१ ले पराजित गर्दैैै अग्नि रुपन्देही ११ बिहीबार मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै रूपन्देही एपिएफसँग झापाली मैदानमा केही समयअघि भएको दुधे गोल्डककोे पराजयको पनि बदला लिन सफल भएको छ ।

पुलिस क्लब सेमिफाइनलमा

भारत कोलकाताको सुवाषचन्द्र ब्वाइज क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपाल पुलिस क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा बुधबार अन्तिम चारमा पुगेको छ।  कोलकाताविरुद्धको एकतर्फी जितमा पुलिसका तीर्थ रानाले दुई र भोला सिलवाल एवं तेज तामाङले समान १ गोल गरेका थिए । प्रारम्भदेखि नै आक्रामक पुलिसले १०औं मिनेटमै तीर्थको गोलमा अग्रता लिएको थियो । रवि पासवानले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए।

पहिलो पटक नेपाल सेमिफाइनलमा

साबिक विजेता भारतलाई बंगलादेशले पराजित गरेपछि मंगलबार बायोमास ओभलमा आयोजक मलेसिया माथि ८ विकेटको विजय हासिल गरेको नेपाल पहिलो पटक एसिसी यु–१९ युथ एसियाकपको सेमिफाइनलमा पुगेको छ।

नेपाल युथ एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो ।

बुङताङ  सेमिफाइनलमा

पाँच सेटसम्म पुगेको खेलमा जित हासिल गर्दै नुवाकोटको बुङताङ भलिबल टिम प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबलको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा नेपाली खेलाडीको बर्चस्व

नेपालका आर्यन गिरी र आदित सुवेदीले केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत पूरुष एकलको अन्तिम ४ मा स्थान बनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्