२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

बायर्न जर्मन कपको सेमिफाइनलमा

तस्विर : एजेन्सी

बर्लिन – आर्येन रोबेनको दुई गोलप्रेरित बायर्न म्युनिख मंगलबार तेस्रो श्रेणीको क्लब पाडरबर्नलाई ६–० ले पराजित गर्दै जर्मन कपको सेमिफाइनल प्रवेश गरेको छ ।कीर्तिमानी १९आै जर्मन कपको उपाधि जित्ने लक्ष्यमा भएको बायर्न किङ्सले कोमन, रोबर्ट लेवान्डोवस्की, जोस्वा किमिच र कोरेन्टिन टोलिसोको गोलमा सानदार जिततर्फ अघि बढेको थियो । क्लबका लागि रोबेनले अन्तिम समयमा थप दुई गोल गरेका थिए ।

तर पहिलो हाफमा तिघ्राको चोटका कारण मैदान छोडेका स्ट्राइकर थोमस मुलरले शनिबार साल्केविरुद्धको बुन्डेसलिगा भिडन्त गुमाउने भएका छन् ।१९औं मिनेटमा कोमानले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि लेवान्डोवस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए । जारी सिजन सबै खाले प्रतियोगितामा लेवान्डोवस्कीले गरेको यो २५औं गोल हो ।

मध्यान्तर हुन ३ मिनेट बाकी हुँदा किमिचले गरेको गोलमा बायर्नले ३–० को अग्रता लिएको थियो ।
५५औं मिनेटमा टोलिसोले गोल गर्दै बायर्नको अग्रता थप बढाएका थिए ।अन्तिम ४ मिनेटमा रोबेनले थप दुई गोल गरेपछि बायर्नले सहज जित पक्का गरेको थियो । ८६औं मिनेटमा टोलीका लागि पाँचांै गोल गरेका रोबेनले त्यसको २ मिनेटपछि नै टोलीका लागि छैटाै गोल गरेका थिए ।बायर्नले सेमिफाइनमा बायर लेभरकुसन र वेर्डर बे्रमेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

प्रकाशित: २५ माघ २०७४ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App