८ पुस २०८१ सोमबार
image/svg+xml

पत्रकारमाथि प्रहरी दुर्व्यहार

वीरगन्ज–पोखरिया सडकखण्ड अवरुद्ध भएको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि बिहीबार बिहान प्रहरीले दुर्व्यहार गरेको छ। सो सडकखण्डको पदमरोडबाट बरामद केराउ जफत गर्ने उद्देश्यले सीमाक्षेत्रमा भनेर मुचुल्का बनाई लैजान खोजेको भन्दै स्थानीय व्यापारीले प्रहरीविरुद्ध प्रदर्शन गर्दा सडक अवरुद्ध भएको थियो। प्रदर्शनकारीलाई प्रहरीले कुटपिट गरेको दृश्य संकलन गर्ने क्रममा पत्रकारमाथि प्रहरी आइलागेको थियो।

सिआइजे प्रतिवेदनको सत्यतामाथि बहस

विदेशमा नेपालीले ५२ अर्ब रुपैयाँ राखेको खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको रिपोर्टप्रति आधा दर्जन उद्योगी व्यवसायीले चुनौती दिएपछि यसको सत्यतामाथि बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) ले उपलब्ध गराएको विवरणमा सिआइजेले एक वर्ष लगाएर अनुसन्धान गरी ‘नेपालिक्स,२०१९’ प्रतिवेदन माघ २ मा सार्वजनिक गरेको थियो।

खोपकेको रिपोर्टमा चौधरी र महतोको आपत्ति

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आइसिआइजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा नाम जोडिएपछि मुलुकका दुईजना प्रतिष्ठित व्यवसायीले आपत्ति जनाएका छन्।

सुवेदीलाई सहयोगको आह्वान

नागरिक दैनिकका वरिष्ठ संवाददाता अर्जुन सुवेदीको उपचारका लागि नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले सहयोगका लागि आह्वान गरेको छ। म्याग्दी बेनी स्थायी घर भएका सुवेदी एक दशकदेखि नेपाल रिपब्लिक मिडियामा कार्यरत छन्। सुवेदी कलेजो र पित्तनलीमा समस्या देखिएपछि भारतमा उपचार गराइरहेका छन्।

पत्रकार ढकालको हत्या आरोपमा दुई पक्राउ

पत्रकार मनोहर ढकालका हत्या आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।  पक्राउपर्नेमा हेटौँडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन्।

न्यूनतम पारिश्रमिक लागू हुन्छ : संचारमन्त्री

संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक संचार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताएका छन्।

विदेशी लगानी नरहेको सौरभ ग्रुपको दाबी

सौरभ ग्रुपले आफ्ना उद्योगमा एक रुपैयाँ पनि विदेशी लगानी नरहेको जनाएको छ। खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको ‘सिमेन्ट, सुपारी र होटलमा गैरकानुनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ? शीर्षकको प्रतिवेदनमा सौरभ ग्रुपको नाम जोडिएकोमा त्यसको खण्डन गर्दै ग्रुपले लगानी भए पुष्टि गरेर देखाउन चुनौती दिएको छ।

अवैध धनको कर्तुत

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आइसिआइजे) सँगको सहकार्यमा खोज पत्रकारिता केन्द्र (आइसिआइजे)ले गरेको खुलासा ‘नेपालिक्स २०१९’ ले नेपालमा आएका र विदेशमा गरिएका केही शंकास्पद लगानीबारे खुलासा गरेको छ। स्विस बैंकमा ५५ नेपालीका करिब ५२ अर्ब रुपियाँ रहेको तथ्य मात्र होइन कर छुट पाइने ‘ट्याक्स हेवन’बाट आएको लगानी र यसमा जोडिएका केही व्यक्तिबारे समेत यसले खोतल्ने प्रयास गरेको देखिन्छ।

‘होचो ढोका’मा शिवहरि

नागरिक दैनिकमा कार्यरत पत्रकार शिवहरि घिमिरेको पहिलो कृति ‘होचो ढोका’ सार्वजनिक भएको छ। स्वदेश प्रकाशनले बजारमा ल्याएको कृतिको शनिबार पूर्वउप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा. गोविन्द टण्डन, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, संस्कृतिविद् सत्यमोहन जोशी तथा लेखककी आमा खुमकला घिमिरेले संयुक्त रुपमा सार्वजनिक गरे।

‘जमाल खसोग्गी हत्या प्रकरणमा सुनुवाई सुरु’

पत्रकार जमाल खसोग्गी हत्याको अभियोग लागेका ११ जनाविरुद्धको सुनुवाई राजधानी रियादमा सुरु भएको साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ।

जलवायु परिवर्तन सम्बन्धी ऐन बनाउन सर्वाेच्चकाे आदेश, नेवापसद्वारा स्वागत

जलवायु परिवर्तन सम्बन्धी ऐन बनाउन सर्वोच्च अदालतले सरकारका नाममा जारी गरेको आदेशको नेपाल वातावरण पत्रकार समूहले स्वागत गरेको छ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग

काठमाडौं महानगरपालिकाको सञ्चारआवद्ध सञ्चारकर्मीहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग राखेका छन्। मंगलबार महानगरका सूचना प्रविधि विभाग प्रमुख राज्यप्रकाश प्रधानाङ्गलाई भेटेर उनीहरुले संयुक्त निवेदन बुझाएका हुन्।

पत्रकार महासंघको साधारणसभा पोखरामा हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी फागुन ९ र १० गते पोखरामा हुने भएको छ। महासंघको पुस ६ र ७ गते धनकुटामा सम्पन्न बैठकले पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

जनसरोकार पत्रकारिता समूह गठन

समसामयिक, जनचासो, भूकम्पपछिको पुनर्निर्माण र जनसरोकारका विषयमा कलम चलाउँदै आएका पत्रकारहरुको एक समूह गठन गरिएको छ। विनाशकारी भूकम्पपछि त्यससँग सम्बन्धित विषयमा रिर्पोटिङ गर्ने र अन्य जनचासोका विषयलाई उठाउँदै आएको सञ्चारकर्मीहरुको शनिबारको एक भेलाले ‘जनसरोकार पत्रकारिता समूह’ गठन गरेको हो।

पत्रकार मारिने क्रम बढ्योः सीपीजे

पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले सन् २०१८मा गतवर्ष भन्दा मारिने पत्रकारको संख्या बाढेको जनाएको छ। विश्वभरमा रिपोर्टिङकै क्रममा ३४जनासहित जम्मा ५३ जना पत्रकारकाे हत्या भएकाे सीपीजेले जनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्