पत्रकारद्वारा आन्दोलनको चेतावनी
सामुदायिक रेडियो हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई तुरुन्त पक्राउको माग राख्दै पत्रकारहरूले आइतबार दिउँसो सर्लाही जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।
सामुदायिक रेडियो हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई तुरुन्त पक्राउको माग राख्दै पत्रकारहरूले आइतबार दिउँसो सर्लाही जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।
पत्रकार सोम दियालीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई जिल्ला अदालतबाट धरौटीमा छाड्ने आदेश भएको छ।
दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत पत्रकार रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आएका छन।
सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भत्र्सना गरेको छ। महासंघ सिन्धुपाल्चोक शाखाले आइतबार प्रेस विज्ञप्ती जारी गरी प्रकाशित समाचारको निहुँमा गाउँपालिका अध्यक्ष जिसीले कान्तिपुर दैनिकका जिल्ला संवाददाता तिवारीलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति विरोध जनाएको हो।
नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको नेविसंघको दुई समूहबीचको झडपमा समाचार संकलनका लागि गएका पत्रकार घाइते भएका छन्।
रौतहटमा शान्ति सुरक्षाको स्थिति अन्यन्तै नाजुक बनेको देखिएको छ। एक हप्तामा जिल्लामा ७ वटा शव बरामद भएको छ भने पत्रकारमाथि हमला र सडक दुर्घटनामा पनि वृद्धि भएको छ। एनसेलको टाबरमा आगजनी समेत भएको छ।
पत्रकार कुटिएको विरोधमा नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संस्थाले राजमार्गमा प्रदर्शन गरेका छन्। हिजो अर्थात् माघ २९ गते सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणको उनीहरुले विरोध गर्दै बुधबार सर्लाहीको हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा र्याली निकालेका छन्।
सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि अज्ञात समूहले मंगलबार बिहान आक्रमण गरेको छ। कुटपिटबाट गम्भीर घाइते दियालीलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लगिएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेससम्बन्धी कानुनका विषयमा अध्याँरो कोठामा बसेर हतियार नचलाउन आग्रह गरेका छन्। उनले सरकारले ल्याएका प्रेससम्बन्धी ऐनका विषयमा अध्याँरो कोठामा बसेर अनावश्यक हल्ला मच्चाइएको बताए। नेपाल पत्रकार महासंघ रूपन्देहीको वार्षिक साधरणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले संसद्मा विज्ञापनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको र यसले मिडियालाई फाइदा गर्ने बताए।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाेड्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए।
संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा लालप्रसाद शर्मा चयन भएका छन्। अधिवशेनले शर्मा सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरे/नगरेको सम्बन्धमा सञ्चार प्रतिषठनमा अनुगमन गर्ने भएको छ।
नेपाल पत्रकार महासंघ महिला समितिले महासंघको अध्यक्ष र महासचिवमध्ये एकमा महिला हुनैपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ। चितवनको पटिहानीमा शुक्रबार सम्पन्न महासंघ महिला समितिको राष्ट्रिय सम्मेलनमा जारी १२ बुँदे घोषणापत्रमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगीकार गरी अध्यक्ष वा महासचिव महिला रहनैपर्नेगरी विधान संशोधन गरिनुपर्ने उल्लेख छ।
पत्रकार नारायण वाग्लेको तेस्रो कृति ‘कोरियाना कफीगफ’ पाठकमाझ आउने भएको छ। समाचार कक्षबाटै ‘कफीगफ’ सुरु गरेका वाग्लेले त्यही नामलाई लिएर तेस्रो कृति ल्याउन लागेका हुन्। पुस्तक प्रकाशक नेपालयले वाग्लेको नयाँ कृति अघिल्ला दुई उपन्यास ‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ भन्दा ‘सिर्जनशील गैरआख्यान’ पुस्तक हुने जनाएको छ।
विपक्षीले गरेको प्रदर्शनको समाचार संकलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ। राष्ट्रपति निकोलास मादुरो नेतृत्वको सरकारका विरुद्धमा विपक्षीहरुले बुधबार भेनेजुएलामा देशव्यापी प्रदर्शन गरेका थिए। सरकारी पक्षले भेनेजुएलाको संकटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई पत्रकारलाई निर्वासित गरेका छन्। सरकारी नियन्त्रणमा पर्ने पत्रकारमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन्। उल्लेखितमध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिर स्थितिको रिपोर्टिङकै लागि आएका हुन्।