दंगालीको आवाज ‘समृद्ध दाङ’
दाङको प्रमुख समस्या खानेपानी औंल्याउँदै यसलाई प्राथमिकता दिन दङालीले सञ्चारजगत्सँग आग्रह गरेका छन्
दाङको प्रमुख समस्या खानेपानी औंल्याउँदै यसलाई प्राथमिकता दिन दङालीले सञ्चारजगत्सँग आग्रह गरेका छन्
स्वास्थ्य क्षेत्रका विकृति अन्त्यका लागि पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसी ११औं अनशन दाङमा बस्ने भएका छन्। यसका लागि केसी शनिबार दाङ आइपुगेका छन्। यसअघि उनी त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंमा अनशन बसेका थिए।
स्वास्थ्य क्षेत्रमा विद्यामान विकृति अन्त्यका लागि पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले ११ औँ अनसन दाङमा थाल्ने भएका छन्।
दाङमा विद्यालय जाने उमेरका दुई हजार बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।
यहाँ सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो ।
राप्ती राजमार्गअन्तर्गत दाङको फूलबारीस्थित बखरिया मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। सो घटनामा पाँचजनाको अवस्था गम्भीर रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।
दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। 'सुरक्षित प्रवास, सम्वृद्ध समाज निर्माण हाम्रो अभियान', भन्ने मुल नाराका साथ युएईमा स्थापित संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा १६ सदस्यिय कार्य समिति चयन गरेको हो।
सन् २०१६ की ‘मिस दाङ’ चाँदनी मल्ल भएकी छन्। १३ प्रतिस्पर्धीलाई उछिन्दै चाँदनीले शनिबार घोराहीमा आयोजित एक समारोहमा मिस दाङको ताज पहिरेकी हुन्। उनलाई २०१२ की मिस दाङ विद्या गुरुङले ताज पहिराइदिएकी थिइन्।
अनियमीत दाङको बिमानस्थल नियमीत सञ्चालनका लागि सरकारले चासो देखाएको छ। ईन्धन डिपो, तथा यात्रु अभावको कारण देखाउँदै नियमीत उडान भर्न नसकेको यो बिमानस्थललाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्नेमा सरकारले चासो देखाएको हो।
एपेक्स डिजिटलको सातौं शाखा दाङको घोराहीमा सञ्चालनमा आएको छ। मुलुकभरि ४० स्टोर खोल्ने योजनाअनुसार सातौं शाखा घोराइमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
दाङमा आज बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। दुई यात्रुबाहक बस जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। घोराहीबाट तुलसीपुर जाँदै गरेको ना३ख ७९७४ नम्बरको बस र तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बा२ख २५४९ नम्बरको फोर्स गाडी विजौरी ४ स्थित संग्राम खोलामा जुधेका हुन्।
काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।
नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिए।
राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ। समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए।