११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दाङमा सुविधासम्पन्न बसपार्क निर्माण हुने

दाङ– यहाँ सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो ।

बसपार्क निर्माणका लागि शिवशक्ति कन्सट्रक्सन र उपमहानगरपालिकाबीच १५ महिनाभित्र काम सम्पन्न हुने गरी यही चैत २५ गते सम्झौता भएको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिए।

उपमहानगरपालिकाले पाँच वर्ष अगाडि बनाएको गुरुयोजनालाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा नगर विकास कोषले २०७० साल असार ३० गते परियोजनाको विधिवत् रुपमा स्वीकृति दिएको थियो । विभिन्न कारणले उपमहानगरपालिकाले पहिलो चरणमा छनोट गरी पठाएको टेन्डर नगर विकास कोषले स्वीकृत नगर्दा निर्माण प्रक्रियामा ढिलाइ भएको हो ।

उपमहानगरपालिकाले सर्वदलीय सर्वपक्षीय भेला गरी बसपार्क निर्माण टेन्डर अर्को निर्माण कम्पनी शिवशक्ति कन्सट्रक्सनलाई दिने निर्णय गरी नगर विकास कोषमा पठाएको थियो । नगर विकास कोषले आयोजना स्वीकृत गरी निर्माण कार्य अगाडि बढाउन पत्र पठाएको उपमहानगरपालिकाले जनाएको छ ।

“बसपार्क निर्माणको कार्य अगाडि बढेको छ”, इन्जिनियर योगीले भने । गुरुयोजनका लागि पहिलो चरणमा नगर विकास कोषले रु १० करोड ५० हजार रकम लगानि गर्ने बताएको छ । नगरपालिकाले १० प्रतिशत साझेदारी गर्ने सर्त रहेको छ । करिब रु ३९ करोड लगानीमा तीन चरणमा काम हुने र दुई वर्षभित्र काम सम्पन्न हुनेगरी योजना लागू हुने सम्झौतामा उल्लेख छ ।

रु एक करोड आठ लाख ९६ हजार अनुदान र बाँकी रु आठ करोड ९० लाख ७४ हजार सरल ऋण उपमहानगरपालिकाले तिर्ने जनाएको छ । उपनगरपालिकाले २० वर्षभित्र ऋण तिरिसक्नुपर्ने इन्जिनियर योगी बताउँछन्। हाल पहिलोपटक रु १० करोड ५० लाखमा टिकट काउन्टर, व्यापार कक्षलगायत निर्माण गरिने छ । निर्माण भएपछि हाल बसपार्कमा देखिएको असुरक्षा, बर्सातमा हिलो तथा हिउँदमा धुलो उड्ने समस्याबाट मुक्ति पाउने यातायात व्यवसायी बताउँछन् । रासस

प्रकाशित: ३१ चैत्र २०७३ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App