७ वैशाख २०८१ शुक्रबार
प्रवास

दाङ देउखुरी समाज युएईमा गिरी

युएई - दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। 'सुरक्षित प्रवास, सम्वृद्ध समाज निर्माण हाम्रो अभियान', भन्ने मुल नाराका साथ युएईमा स्थापित संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा १६ सदस्यिय कार्य समिति चयन गरेको हो। 

उपाध्यक्षमा सन्तोष धिताल, पिम बहादुर केसी र सूर्यबहादुर केसी रहेका छन्। महासचिव एकराज रिजाल, सचिव नारायण आचार्य, कोषाध्यक्ष धनिराम सुवेदी, सदस्यहरुमा बिश्वदेव शाह, अमर सिंह खत्री , देवराज ओली, बालकृष्ण बुढा, सुनिता सुनार, शर्मिला डिसी, दिलाराम वली, विष्णु बुढाथोकी रहेका छन् भने अधिवेशनबाट प्रेमबहादुर चन्दलाई प्रवक्ता र शान्त गिरी,  नरेश सेन, चित्र नेपाली र राज कुमार यादवलाई सल्लाहकारमा छनोट गरिएको छ।  

संस्थाले युएईका सबै क्षेत्रमा रहेका दाङ जिल्लाबासीको प्रतिनिधित्व गर्ने जनाएको छ।

नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै समाज सेवी तथा संस्थाका संरक्षक शालिक सुवेदी समाजले युएईमा रहेका जिल्लाबासीलाई अप्ठ्यारो परिस्थितिमा महत्वपूर्ण सहयोग आएकोमा खुसी व्यक्त गरे। 

नवनिर्वाचित समितिलाई निर्वतमान अध्यक्ष शान्त गिरीले जिम्मेवारी हस्तान्तरण गर्दै बधाई एवं सफलताको शुभकामना ब्यक्त गरे।

प्रकाशित: ३ फाल्गुन २०७३ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App