टीकापुर उद्यान पर्यटकको आकर्षणस्थल
दशैं-तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ।
दशैं-तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ।
मनाङको हिमलुङ हिमाल (७,१२६मि) आरोहण गरेर फर्केपछि बिरामी परेका आरोहीको हेलिकप्टरबाट उद्धार गरिएको छ। आरोहण पुरा गरेर फर्केका स्वीडेनका दुइजना आरोहीको उद्धार गरिएको हो। उनीहरुलाई मनाङको माथिल्लो भेग फू (४०८० मि) बाट उद्धार गरि काठमाडौं पठाएको छ।
डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न भएको हो। यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन हुँदैछ। परियोजनाअन्तर्गत सुविधा सम्पन्न रेष्टुरेन्टसमेत रहेको छ। रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने बताइएको छ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ। माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो।
सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए। यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए।
'दुईवटा बजेट मिलाउन सके कालोपत्रे गर्ने तयारीमा छौँ', मेयर श्रेष्ठले भने, 'यसका लागि मन्त्रालयमा सहकार्यका आवश्यक प्रकृया अघि बढाएका छौँ।'
हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।
विभिन्न हिमाली क्षेत्रको पदयात्रामा गएका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी अलपत्र परेका छन्। धवलागिरी क्षेत्रको पदयात्रामा गएका विदेशीहरु बढीमात्रामा प्रभावित भएको पदयात्रा व्यवसायीले बताएका छन। पदयात्रामा रहेका उनीहरु हिमपातमा परेको र फर्किन नसकेको अनुमान व्यवसायीको छ। पदयात्रामा रहेका उनीहरुसँग सम्पर्क समेत नभएको व्यवसायीले बताएका छन्।
त्रिवेणी पाटन प्राकृतिक रूपले भन्दा धार्मिक रूपले पनि महत्वपूर्ण छ। पाटनमा रहेको त्रिवेणी खोलामा नुहाए पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।
करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ। विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो। हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ।
४३औं विश्व पर्यटन दिवसको अवसर पारेर मंगलबार पोखरा भित्रिने विदेशी पर्यटकलाई विमानस्थल र पर्यटक बसपार्कमा स्वागत गरिएको छ। पहिलो उडानमार्फत पोखरा विमानस्थलमा ओर्लेका पर्यटकलाई विमानस्थलमा र स्थलमार्गबाट भित्रिएका पाहुनालाई पर्यटक बसपार्कमा स्वागत गरिएको हो।
हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। यो वर्ष ‘रिथिङकिङ टुरिजम’ नाराका साथ मंगलबार दिवस मनाउँदै गर्दा पर्यटन क्षेत्र योपटकको पर्यटकीय सिजनसँग उत्तिसारो खुसी छैन, सिजनको पनि अनूभुत गर्न पाएको छैन। पर्यटन व्यवसायी सबैतिरबाट निराश छन्। कोरोनाले लामो समय थलिएको पर्यटन व्यवसाय अझै माथि उठ्न सकेका छैनन। सिजन सुरु भएको एकमहिना बितिसक्दा पनि विदेशी पाहुना आउने छाँटकाँट नै व्यवसायीले देखेका छैनन।
कोरोना भाइरस संक्रमणले लामो समय पर्यटन व्यवसाय थलियो। करिब दुई वर्ष व्यवसायीले सेतो अनुहार (विदेशी पाहुना) देख्नै पाएनन्।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।