१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन्।

संसद् प्रधानमन्त्रीको अनुकूलतामा चल्ने संस्था होइन : सांसद आङदेम्बे

प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोलिरहँदा प्रधानमन्त्री सदनमा उपस्थित हुने–नहुनेसमेत निश्चित नहुने अवस्था संसदीय लोकतन्त्रका लागि दुःखद भएको बताए।

१ हजार १०२ किलो गाँजासहित बोलेरो र मोटरसाइकल बरामद, चालक फरार

सशस्त्र प्रहरीले २६ वटा बोरामा प्याक गरिएको १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

फिफा निलम्बनमा परेको नेपालले यसपटक साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ। साफले नेपालको निलम्बन फुकुवा गरी प्रतियोगितामा सहभागी हुन सेप्टेम्बर ३० सम्मको अन्तिम म्याद दिएको थियो।

सांसदहरूले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍यो : प्रमुख सचेतक राई

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

सरकार सिंहदरबारमा मात्र सीमित भयो, दुरदराजका नागरिकले देख्न पाएनन् : कांग्रेस

थापाले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा अवरुद्ध सडक सञ्चालनमा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्ने बताएकी छन्।

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन्।

अधिवेशन अन्त्य गरेर सरकारले लोकतन्त्र र धर्मनिरपेक्षता माथि प्रहार नगरोस् : सांसद राई

श्रम संस्कृति पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य आरेन राईले संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले आफूखुसी निर्णय गर्दै लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि असर पर्ने काम नगर्न चेतावनी दिएका छन्।

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए।

हाससँग छुट्टिँदै ओकोन, फर्मुला-१ करियर जोगाउने चुनौती

फर्मुला-१ टोली हासले फ्रान्सेली चालक एस्टेबान ओकोनसँग यस सिजनको अन्त्यपछि सहकार्य समाप्त गर्ने घोषणा गरेपछि उनको फर्मुला-१ करियर निरन्तरता पाउने विषयमा चुनौती थपिएको छ।

‘दुई तिहाइको सरकारले कतिवटा काण्डको फाइल खोल्यो ?’

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको आरोपमा कति जना पक्राउ परे र कति जना थुनामा परे भन्दै पक्राउ गर्ने र भोलिपल्टै छाड्ने प्रवृत्तिबाट कस्तो सुशासन कायम हुने भन्दै प्रश्न गरे।

सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे प्राधिकरणसँग जानकारी माग

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी माग गरेका छन्।

सरकार सुशासनको जग मजबुत बनाउने गरी अघि बढिरहेको छ : गणेश पराजुली

सांसद पराजुलीले वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको उल्लेख गर्दै जनमुखी तथा राष्ट्रहितका कानुन निर्माणसँगै सुशासनको जग मजबुत बनाउने काम अघि बढिरहेको दाबी गरे।

सांसद राईको प्रश्न : जेनजी आन्दोलन गर्न उक्साउने सांसद र मन्त्री भए, युवा जेलमा किन ?

प्रतिनिधिसभा सदस्य आरेन राईले जेनजी आन्दोलनमा सहभागी भएर हिंसा, आगजनी तथा तोडफोडमा संलग्न भएका व्यक्तिहरू सांसद र मन्त्री बन्ने पनि त्यही आन्दोलनमा सहभागी युवाहरू जेलमा बस्नुपर्ने अवस्था आएको बताएका छन्।

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्