८ आश्विन २०८१ मंगलबार
image/svg+xml

हेलिकोप्टर दुर्घटना अपडेट :एकको मृत्यु

सङ्खुवा सभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन।

व्यवसायी कँडेल मृत्यु प्रकरण: आरोपीमध्ये रावल पक्राउ

व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चीनको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ।घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ।

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

संखुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

चितवनमा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ बर्षिय श्रीप्रसाद कडरिया रहेका छन् । स्थानीय धर्मप्रसाद घिमिरेका अनुसार घरदेखि बाहिर निस्केर आँगनतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका-२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन्।

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

चट्याङ लागेर ताप्लेजुङको मैवाखोलाका ११ बर्षे छोराको मृत्यु, बुबाआमा घाईते

चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ साँघु चित्रेका ११ बर्षिय दोर्ची शेर्पाको मृत्यु भएको छ।

पाल्पाको तिनाउमा बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते

बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पुर्‍याउने विभागको तयारी

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले सन् २०२४ सम्ममा जन्म र मृत्युका घटना दर्तामा शत् प्रतिशत पुर्‍याउन विभाग तयारी रहेको बताए।

मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ। बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्