३ आश्विन २०८१ बिहीबार
image/svg+xml

इगल हन्टर म्यानपावरका सञ्चालक पक्राउ

करोडौ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। ४ करोडौ रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जद्वारा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो।

'माग पुरा नभए विदेश जाने रोक्छौ'

वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष व्यवसायसँग सरोकार राख्ने पाँच माग राख्दै पुरा नभए विदेश कामदार नपठाउने चेतावनी दिएको छ। संघले रोकिएको मलेसिया रोजगारी सुरु गर्नुपर्ने, म्यानपावरको धरौटीमा ब्याज पाउनुपर्ने, मर्जर हुने म्यानपावरलाई उपयुक्त सुविधा दिनुपर्ने, कामदार मागपत्र प्रमाणीकरणलाई सहज बनाउनुपर्ने तथा कामदारको सेवा शुल्क दक्षिण एसियाली मुलुकका म्यानपावरले लिने सरहको हुनुपर्ने माग राखेको हो।

उजुरी पर्छन्, न्याय पाउँदैनन् पीडित

महोत्तरी, बर्दिबास–८ का भक्तबहादुर मोक्तानले कतारमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएको चार महिना भयो। यो चार महिनामा विभागका कर्मचारीले मोक्तानलाई कानुन अनुसार क्षतिपूर्ति दिलाउन त सकेनन् नै, विभागका कर्मचारीले गम्भीरतापूर्वक कुरा नै नसुनेपछि मोक्तान निराश छन्। ‘कतारमा चार महिनासम्म काम गर्दा पूरै पारिश्रमिक नपाएपछि स्वदेश फर्केर न्यायका लागि हारगुहार गरिरहेको छु,’ बुधबार मोक्तानले नागरिकसँग भने, ‘न्याय पाइएला भन्ने आस लागेको बेला उल्टै विभागका कर्मचारी म्यानपावरको कुरा सुनेर हप्कीदप्की गर्छन्।’

सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की

झापाबाट निर्वाचित संघीय सांसद राजेन्द्र लिंङदेनलाई मार्न भन्दै ५० लाखको सुपारी दिएको म्यासेज पठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानपावर एजेन्ट बनेर काम गर्दै आएका झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सम्झौता कम्पनीको, काम घरमा

कम्पनीको नाममा श्रम स्वीकृति निकाल्ने र खाडी मुलुक पु-याएर महिलालाई घरेलु काममा लगाउने गिरोह सक्रिय रहेको पाइएको छ।

तेह्र सयलाई टर्की पठाएर ३० करोड ठगी

फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ।

म्यानपावरले धेरै पैसा लिँदा तीन सयबढी कामदार फिर्ता

म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ। म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारललाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो।

ठूला कम्पनीलाई ६ र सानालाई तीन करोड

म्यानपावर कम्पनीले राख्नुपर्ने धरोटी ६ करोड रुपैयाँ पु-याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ।

धरौटी बढ्ने हल्लापछि म्यानपावर व्यवसायी आन्दोलित

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी सरकारले बढाउने तयारी गरेपछि व्यवसायी आन्दोलित भएका छन्।

बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन्।

म्यानपावर र कन्सल्टेन्सीविरुद्ध अर्ब ठगीको उजुरी

महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) तथा कन्सल्टेन्सीले ठगेको आरोपमा झन्डै एक अर्ब बिगो दाबीसहितका उजुरी परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्