२१ असार २०८१ शुक्रबार
image/svg+xml

अफगानिस्तान भूकम्पमा परी २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पबाट २५० जनाको मृत्यु भएको छ। कम्तिमा १५० जना बढी घाइते भएका छन्। योभन्दा पनि बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।

अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि भएको हिंसाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका सर्वसाधारण नागरिकहरुमाथि भइरहेको हिंसात्मक हमलाको निन्दा गरेका छन्।

अफगानिस्तानमा चरम भोकमरी

अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ। दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन्।

सर्वसाधारणमाथि भएको हमलाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ।

अफगानिस्तानले ३ करोड २० लाख डलर बराबरको मानवीय सहयाता प्राप्त गर्यो

अफगानिस्तानले आइतबार तीन करोड २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ।

विदेशमा रहेका अफगान लगानीकर्तालाई स्वदेश फर्कन आह्वान

अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेको सरकारले जानकारी दिएको छ।

नर्वे र टर्कीले छिट्टै तालिवानसँग वार्ता गर्ने

तालिबानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी दिएका छन्।

अफगानिस्तानको मानवीय संकट

गत अगस्टमा तालिवान समूहले पश्चिमा राष्ट्र समर्थित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको छ। तर तालिवान सरकारले आधारभूत मानव अधिकार र विशेषगरी महिला तथा बालबालिकाको अधिकारप्रति प्रतिबद्ध रहेको बताए पनि विश्व समुदाय ऊप्रति शंकित छ।

अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता

अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरुकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ।

अफगानिस्तानमा पत्रकार हिंसाका ३० भन्दा बढी घटना दर्ता

अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ।

एक हप्तामा हजारौं अफगानीलाई सहयोग

दक्षिणमा १९ हजार १७८ जनालाई घरायसी सामान, सरसफाइ किट र कान्दहार, हेलमण्ड, जबुल र उरुज्गानमा टेन्ट सहयोग गरिएको छ। साथै, हेलमन्ड, जाबुल र उरुज्गान प्रान्तमा एक हजार ९४२ परिवारलाई नगद सहयोग प्रदान गरिएको छ।

अफगानिस्तानको मस्जिदमा विस्फोटः ३० जनाको मृत्यु

विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन्।

अफगानिस्तान महिला क्रिकेट: प्रतिबन्धले बाटो नै बन्द हुन्छ

अफगानिस्तानले सन् २०२० नोभेम्बरमा पहिलो पटक २५ जना महिला खेलाडीसँग वार्षिक सम्झौता गरेको थियो, जसमा अधिकांश क्रिकेट खेलाडी छन् । ती महिला खेलाडीहरू तालिवान सत्तामा फर्किएसँगै अहिले गुमनाम छन्। केही दिनअघि मात्र अफगानिस्तानका उमेरसमूहका महिला खेलाडीहरू पाकिस्तान पलायन भएका थिए।

अफगानिस्तानमा विस्तारित मन्त्रिपरिषद् पनि महिलारहित

अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडी काम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्