२७ पुस २०८१ शनिबार
image/svg+xml

भारतीय बन्दरगाहमा विदेशी कार्गोको सघन चेकजाँच

भारतीय गुप्तचर एजेन्सीहरुको चासोमा त्यहाँका बन्दरगाहहरुमा भित्रिने विदेशी कागर्ोेलाई सघन चेकजाँच गर्न थालिएको छ। यस्तो खाले चेकजाँचले गर्दा विभिन्न देशबाट नेपालका लागि सामान बोकेर आएका विदेशी कार्गोहरु कोलकतास्थित बन्दरगाहबाट तीन दिनसम्म रोकिन पुगेको थियो।

कोलकाता बन्दरगाहमा अड्किए २० र ५० दरका नयाँ नोट

२० र ५० का नयाँ नोट कोलकाता बन्दरगाहमा अड्किएपछि बजारमा अभाव भएको छ । विदेशमा छापेर कोलकाता बन्दरगाहमा ल्याइपुर्याइएका ती नोट दसैंअघि नेपाल ल्याउन नसकिएका कारण अभाव भएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी सिण्डिकेट

वीरगन्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले सिण्डिकेट खडा गरी ढुवानी भाडा दोब्बर बनाएपछि आयात महँगिएको आयातकर्ताहरुले गुनासो गर्न थालेका छन्।

टाढा भए पनि विशाखापट्नम बन्दरगाह उपयुक्त

भारतको विशाखापट्नम बन्दरगाहलाई नेपाली व्यापारमा प्रयोगमा ल्याउन अन्तिम चरण अन्तर्गतको तयारीस्वरुप बिहीबार वीरगन्जमा छलफल गरिएको छ। नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि करिब डेढ दशकदेखि कोलकाता बन्दरगाहको विकल्पमा चर्चामा रहेको अर्को समुद्री व्यापार मार्गको विषयमा वीरगन्ज उद्योग वाणिज्य संघ र विशाखा टर्मिनलका प्रतिनिधिबीच छलफल भएको हो।

बन्दरगाहमै रोकियो मल

ठेकेदार कम्पनीले 'डिटेन्सन चार्ज' माग्दै अड्को थापेपछि सरकारी अनुदानमा विदेशबाट किनेर ल्याइएको रासायनिक मल एक सातादेखि सीमाक्षेत्रमै रोकिएको छ। हिमालयन टर्मिनलले वीरगन्जको सिर्सिया बन्दरगाहमा करिब १० हजार मेटि्रकटन मल रोकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्