१२ असार २०८१ बुधबार
image/svg+xml

धरहरा उद्घाटनमा हतारो: ४० प्रतिशत काम अझै बाँकी

प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो। २० औं तलासम्म पुग्ने भर्‍याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो। तर राम्रोसँग लिफ्ट नराखिएका कारण फेरि खोेलेर फिटिङ गर्ने कार्य भइरहेको छ।

सर्वसाधारणले माघदेखि मात्र धरहरा प्रवेश गर्न पाउने

बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने अनुमान गरिएको छ। त्यसपछि मात्रै सर्वसाधारणका लागि धरहरा खुला गरिनेछ। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण कार्य सुरु भएको थियो। प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने २२ तलाको छ। नयाँ धरहरा उपत्यकामा आउने पर्यटकका लागि यो नयाँ गन्तव्य हुनेछ।

आइफल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित २२ तले धरहराको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्रीले आज धरहराको उद्घाटन गर्दै

बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा मात्रै तयार गरेर उद्घाटन गर्न लागेका हुन्। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ।

ओली र नेपाल मेरियटबाट धरहरा हेर्दै

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्तरूपमा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन्।

धरहरा उद्घाटनमा हतारो

स्रोतका अनुसार आफू नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखेर प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न हतारिएका हुन्। यसअघि पुनर्निर्मित रानीपोखरी र दरबार स्कुल भवन उद्घाटन गरिसकेका ओलीले उपत्यकाको अर्को धरोहर धरहरा निर्माण कार्य पनि औपचारिक रुपमा सकिएको घोषणा गर्दैछन्। ‘यति धेरै हतार गर्नुपर्ने अवस्था त थिएन तर माथिल्लो तहबाट निर्देशन आएकाले काम तीव्र गतिमा भइरहेको हो,’ स्रोतले भन्यो।

सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन। अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ। यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो।

२२ तले धरहरा ११ गते उद्घाटन हुने

प्रधानमन्त्री केपी शर्मा ओलील छिट्टै उद्घाटन गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीलाई ११ गतेभित्र धरहराको काम सक्न निर्देशन दिएसँगै हाल धरहरा निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। तर धरहराको बाहिरी सौन्दर्यतासहित हालसम्म जम्मा ६१ प्रतिशत मात्रै काम भएको छ। धरहरास्तम्भको भने ९७ प्रतिशत काम सकिएको छ । अन्य काम नसकिने भएकोले धरहरा मात्रै तयार गरेर प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने बताइएको छ।

धरहरा फागुनसम्म सक्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाभित्रै सक्न गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको पुनर्निर्माण कार्यको निरीक्षण गर्दै आगामी महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले सिंहदरबार पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुलाई यथास्वरूपमै कायम राख्न निर्देशन दिएका छन्।

ठडिँदै धरहरा

विकसित होस् या अविकसित विश्वका धेरैजसो मुलुकमा पहिचान खुलाउने तथा विरासत झल्काउने ऐतिहासिक, सांस्कृतिक सम्पदा बनाइएका हुन्छन्। फ्रान्समा आइफिल टावर, अमेरिकाको न्युयोर्कमा स्ट्याचु अफ लिबर्टी, युनाइटेड अरब इमिरेट्स (दुबई) को बु्रज्रखालिफा सम्पदा र पहिचान झल्काउने ऐतिहासिक धरोहर हुन्। नेपालको ऐतिहासिक धरोहर ‘धराहरा’ पनि नेपालकै महत्वपूर्ण पहिचान बोकेको सम्पदा हो।

यसरी बन्दैछ धरहरा (फोटो फिचर)

विक्रम संवत् २०७२ सालको भूकम्पका कारण तहसनहस भएको ऐतिहासिक धरहराको अहिले धमाधम पुननिर्माण भइरहेको छ। भूकम्पले भत्काएकै स्थानमा निर्माण भइरहेको धरहरा २३ तलाको हुनेछ। तर, बाहिरबाट हेर्दा ११ तलाको मात्र देखिनेछ।

धरहरा पुनर्निर्माणका लागि ९ महिना थप

निर्माणाधीन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग दुई वर्षअघि सम्झौता गरेको थियो।

धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टिनमा

धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।

लकडाउनले धकेलिने भो धरहरा पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सन् २०२० अक्टोबरभित्रै धरहरा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। गत चैत ११ गतेदेखि भएको लकडाउनले धरहरा पुनर्निर्माणको कार्य तोकिएको समयभित्रै सम्पन्न नहुने लगभग निश्चित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्