१३ आश्विन २०८१ आइतबार
image/svg+xml

१८ महिनामा धरहराको प्रगति ३३ प्रतिशत

निर्माण थालेको १८ महिना बित्दा ऐतिहासिक धरहराको भौतिक प्रगति एक तिहाइ(३३ प्रतिशत) छ। ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारणले धरहरा निर्माणले अपेक्षित गति लिन नसकेको हो।

पोखरामा धरहरा !

धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ। गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन। तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो।

'हरेक दुई हप्तामा धरहराको एक तला थपिने'

भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तिव्र गतिमा अगाडी बढेको बताएका हुन्।

धरहराको दुई तला पुनर्निर्माण सकियो

भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ। शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

एक वर्षमा २७ प्रतिशत काम सम्पन्न, समयमै निर्माण पुरा गर्न कठिन

विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ।

धरहराको निर्माण एक चौथाइ सकियो

राष्ट्रिय पुननिर्माण प्राधिकरणले ऐतिहासिक धरहराको पुनर्निर्माण एक चौथाइ सम्पन्न भएको छ। धरहरा पुनर्निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले हालसम्म २६ प्रतिशत पुनर्निर्माणको काम सकिएको जनाएको छ।

ठेकेदारलाई मेयर शाक्यले भने: धरहरा निर्माणमा ढिला–सुस्ती स्वीकार्य छैन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन्। वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको  टोलीसहित मेयर शाक्यले निरीक्षण गरेका हुन्।

धरहरा पुनर्निर्माणको काम अवरुद्ध

स्थानीयवासीको अवरोधका कारण धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको छ। स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै आएका छन्।

अवरोध पछि धरहरा पुनर्निर्माणको काम अवरुद्ध

स्थानीयवासीको अवरोधका कारण धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको छ। स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै आएका छन्। आफ्नो माग पुरा नभएको भन्दै उनीहरुले शुक्रबार बिहान निर्माणमा अवरोध गरेका थिए।

गति लिँदै सम्पदा पुनर्निर्माण

लामो संघर्ष र पर्खाइपछि उपत्यकाका तीन सम्पदाको पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माण सुरु भएको झण्डै ३/४ महिनामा काष्ठमण्डपको १०, धरहराको १२ र रानीपोखरीको ५ प्रतिशत काम सम्पन्न भएको छ।

गोश्वारा हुलाकको कार्यालय भत्काइँदै

सुन्धारास्थित गोश्वारा हुलाकको कार्यालय भवन भत्काइने भएको छ। धरहरा पुनर्निर्माणको क्रममा अवरोध पुग्ने भएपछि उक्त भवन भत्काउन लागिएको हो।

चार वर्षमा २८ प्रतिशत पुनर्निर्माण

कम्प गएको चार वर्ष बित्नै लाग्दा दुई सय २० वटा मात्रै ऐतिहासिक सम्पदा पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको ढिलासुस्तीकै कारणले  उपत्यकामा सम्पदा पुनर्निर्माणले गति लिन नसकेको हो।

‘मौलिकता झल्कने र आधुनिकता टल्कने धरहरा बन्छ’

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक पुनर्निर्माण सुरु गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको जगमा पुजा गरि उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा ‘मौलिकता झल्कने र आधुनिकता टल्कने हुने बताए।

प्रधानमन्त्री ओलीद्वारा धरहरा पुनर्निर्माणकाे शिलान्यास

साढे तीन वर्ष पहिलेको गोरखा भूकम्पमा ध्वस्त भएको सुन्धारास्थित धरहराको पुनर्निर्माणकाे आज प्रधानमन्त्री केपी शर्मा शिलान्यास गरेका छन्। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माणस्थल सुन्धारामा आज प्रधानमन्त्री ओलीले पुनर्निर्माणको शिलान्यास गरेका हुन्।

सहरी विकास मन्त्रीको प्रश्न : धरहराको मापदण्ड कसले स्वीकृत ग-यो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) सिलान्यास गर्न लागेको धरहराको मापदण्डबारे उनकै क्याबिनेट मन्त्रीले प्रश्न उठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्