एकादशीदेखि पूर्णिमासम्म सराय नाच
ची, प्युठान, पाल्पा, कपिलवस्तुलगायत केही जिल्लामा एकदिन मात्रै टीका लाउने गरिन्छ।
ची, प्युठान, पाल्पा, कपिलवस्तुलगायत केही जिल्लामा एकदिन मात्रै टीका लाउने गरिन्छ।
झमक्क साँझ पर्नासाथ गाउँमा सखियाको मादल बज्न थाल्छ। हरेक तालले दशैँको संकेत गर्छन्। सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाजले थारू गाउँमा अहिले बेग्लै रौनक छाएको छ। धेरै गाउँमा दशैं नजिकिएदेखि सखिया नाच सुरु भइसकेको छ। कतिपय गाउँमा घटस्थापनाको दिनदेखि शुरु भएको छ।
गायक जीवन शर्माको गीत सुनेर नाच्ने नेता र उनीहरुका कार्यकता धेरै छन्। राजनैतिक चेतना फैलाउँदै सांगीतिक कार्यक्रम गरेर डिड्ने गायक शर्माले पञ्चायती व्यवस्थादेखि राजतन्त्रविरुद्ध जनतालाई सचेत गराएका थिए। आइतबार ती नेता र कार्यकताहरूलाई गायक शर्माले खोटाङको दिक्तेलमा फेरि नचाए।
समयसँगै बजारभाउ वृद्धिका कारण नाच धान्न मुस्किल परेको हो। निकै आर्थिक भार पर्ने भएकाले पनि यो नाच सञ्चालन गर्न कठिन भइरहेको उनको भनाइ छ।
कलाकारहरूले संगीतको धुनमा स्वर मिलाउँदै गर्दा राष्ट्रिय नाचघरमा उपस्थित दर्शक ताली बजाएर उनीहरूलाई साथ दिइरहेका थिए। संविधान दिवसको अवसरमा बिहीबार राजधानीका राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलाकारहरू विभिन्न सांगीतिक धुनहरू प्रस्तुत गरेका थिए।
हिन्दु नारीहरुले हरितालिका तीजको अवसर लोपोन्मुख हुँदै गएको संगिनी नाच प्रस्तुत गरिने भएको छ। सोलुखुम्बुको तिंलाका महिलाले लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन्।
जाजरकोटको स्थानीय प्रशासनले नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा रातको समयमा गरिने नाँचगानहरु नपाइने निर्णय गरेको छ।
भक्तपुरको मध्यपुर थिमिको नगदेशमा नचाइने प्राचीन महाकाली नाच मंगलबार रातिदेखि सकिएको छ। नाच शनिबार रातिदेखि सुरु भएको थियो। सो नाच प्रत्येक वर्षमा चार रात चल्ने गर्दछ। गाईजात्राको भोलिपल्ट साँझबाट सुरु हुने महाकाली नाचलाई नगदेशका चोकचोकमा प्रदर्शन गर्ने परम्परा छ। आर्थिक अभावका कारण सो नाच २०६६ सालदेखि नचाउन सकिएको थिएन। सात वर्ष प्रदर्शनमा ल्याउन नसकिएको सो नाचलाई स्थानीय युवाहरुको सक्रियतामा २०७३ सालदेखि पुनः सुचारु गरिएको हो।
नेपालको मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउन थालेका छ। युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो। जात्रा र विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच खर्चिलो भएको बताउँदै प्रदर्शन हुन छाडेको थियो। लाखे नाच्न जान्ने र युवा पुस्ताले यसलाई महत्व नदिँदा हराउँदै गएको स्थानीयहरू बताउँछन्। हराउँदै गएको लाखे नाचको संरक्षणमा कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूह जुटेको छ।
नृत्य प्रशिक्षक सुमित लामा क्यासेट प्लेयरबाट लोक तथा दोहोरी गीत ट्युन गर्दैछन्। एकछिनमा हिप पप ट्रयाक बजाउँदै गर्दा उनको अगाडी उभिएका बालबालिका त्यसैको धुनमा डान्स गर्न तत्पर देखिन्छन्।
गीतकार दिनेश अधिकारीको शब्द तथा गायिका इन्दिरा भट्टराईको स्वरमा ‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ।
सुदूरपश्चिम चर्चित हुड्के नाच जमलस्थित राष्ट्रिय नाचघरमा तीन दिने नेपाल नृत्योत्सवमा प्रस्तुत भएको छ। कर्णालीको चिनारीको रूपमा लिइएको यो नाच बिहीबारदेखि सुरू भएको नेपाल नृत्योत्सवमा प्रस्तुत गरिएको थियो।
किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरको नवदुर्गा नाच हेरेकी छिन्। शनिबार दिउँसो पौने तीनबजेदेखि साँझ पाँच बजेसम्म राष्ट्रपति भण्डारीले नाच हेरेकी हुन्। भक्तपुरको दरबार क्षेत्रमा उनले नाच हेरेकी हुन्। कार्यक्रम भक्तपुरका दरबार क्षेत्रमा भएको थियो।
‘वाह ! रवि दाइ वाह !’ नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा राष्ट्रिय नाचघरमा आयोजित ‘गजल सन्ध्या’मा अग्रज गजलगो रवि प्राञ्जलले जतिवटा गजल सुनाए, त्यति नै पटक वाहवाही पाए। सांस्कृतिक संस्थान, अनाम मण्डली र रचना वाचनको सहकार्यमा आयोजित सो कार्यक्रममा प्राञ्जलले एकपछि अर्को गर्दै आठवटा उम्दा गजल सुनाएका थिए।