१७ असार २०८१ सोमबार
image/svg+xml

बबरमहल र केशरमहल प्रबलीकरण एक तिहाइ सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ सालमा यी दुई संरचनाको प्रबलीकरण सुरु गरेको थियो। पुनर्निर्माण प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले यी दुई भवनको काम एक तिहाइ सकिएको जनाएको छ।

बाढीपहिरोले सडक र सिँचाइ आयोजनामा पाँच अर्बभन्दा धेरै क्षति

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाईका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ। क्षतिग्रस्त भएका सडक र सिँचाइका संरचना पुनर्निर्माण गर्न पाँच अर्बभन्दा धेरै खर्च लाग्ने सम्बद्ध कार्यालयले जनाएका छन् । गत असारदेखि आएको बाढी–पहिरोले सबैभन्दा धेरै सिँचाइ र सडकका आयोजना प्रभावित भएका छन्।

पहिरोले इन्द्रावती तेस्रो क्षतिग्रस्त, उत्पादन ठप्प

पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीस्थित निजी क्षेत्रको इन्द्रावती जलविद्युत आयोजना पहिरोले क्षतिग्रस्त भएको छ ।

पुनर्निर्माणमा दुई अर्ब

गत असारमा आएको बाढीबाट क्षतिग्रस्त सिँचाइका संरचना दीर्घकालीनरूपमा पुनर्निर्माण गर्न दुई अर्ब ११ करोड रुपैयाँ लाग्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असारमा आएको बाढीबाट सिँचाइ तथा तटबन्ध आयोजनाका करिब दुई दर्जनभन्दा धेरै आयोजनाको संरचनामा क्षति भएको जनाएको छ।

क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ऊर्जाले माग्यो ३८ करोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिँचाइ संरचनाहरूको पुनः निर्माणका लागि अर्थ मन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग गरेको छ।

चालु वर्षलाई एक अर्ब ४७ करोड बजेट

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको निजी आवास, सम्पदा पुनर्निर्माण र जग्गा (घडेरी) व्यवस्थापनमा चालु आर्थिक वर्षका लागि एक अर्ब ४७ करोड रुपैयाँ छुट्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)मार्फत खर्च हुने गरी बजेटसहितको कार्यक्रम पठाएको हो।

७० हजार परिवार छानामुनि

२०७२ सालको भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका ७० हजार प्रभावित परिवार छानोमुनि छिरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमार्फत उनीहरू सुरक्षित बासस्थल छिरेका हुन्।

उद्योग वाणिज्य संघलाई श्रेष्ठद्वारा सात लाख

भूकम्पले क्षतिग्रस्त दोलखा उद्योग वाणिज्य संघको भवन पुनर्निर्माणका लागि व्यवसायी एवं जिल्लाका समाजसेवी प्रभुराम श्रेष्ठले सात लाख रुपैयाँ सहयोग गरेका छन् ।

आवास पुनर्निर्माण सर्वेक्षण सुरु

खोटाङमा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचको काम सुरु भएको छ। २०७२ साल वैशाख १२ गतेको महाभूकम्प र परकम्पका कारण घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचको काम थालिएको हो।

टहरोमा खोज्दै भविष्य

दिउँसोको पौने एक बजेको समय। दिन थियो शुक्रबार। साथीसाथी मिलेर घर जाने समय पर्खंदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित शिलासीता आधारभूत विद्यालयका विद्यार्थी। २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै बन्न सकेको छैन।

नेपाल भारत सीमामा रहेको महाकाली नदीको पुल पहिरोले क्षतिग्रस्त

दार्चुलाको उत्तर क्षेत्र महाकालीको  नेपाल भारता सीमा  झोलुंगेपुल पहिरोले क्षतिग्रस्त भएको छ। पुलमा पहिरोले क्षति पुर्‍याएपछि आवतजावत बन्द गरिएको छ। वर्षाका कारण गएराति खसेको पहिरोको कारण पुल जोखिममा रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन

बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन।

भूकम्पले क्षतिग्रस्त विद्यालयलाई पक्की भवन

बासखर्क आधारभूत विद्यालयको कक्षा ८ मा पढ्दै गरेका टेकेन्द्र तामाङ खुसी मुद्रामा छन्। नयाँ भवनमा पढ्न पाउने भएसँगै टेकेन्द्र र उनका साथीहरु खुसी भएका हुन्।

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

सीमावर्ती भारतको बथनाहास्थित मीरगञ्ज पुलबाटै ६० टन क्षमताका क्लिंकर बोकेका चारवटा टिप्पर सोमबार साँझ नेपाल भित्रिएका छन् । पैसा असुली गरेर भारतीय पक्षले २० टन क्षमताभन्दा बढीका मालवाहक गाडी पुलबाटै आउन दिइरहेको नेपाली आयात–निर्यातकर्ताको आरोप यो घटनाले पुष्टि गरेको छ।

आगलागीबाट क्षतिग्रस्त एफएमलाई सोलार

आगलागीमा क्षती पुगेको खोटाङको रुपाकोट एफएमलाई दुई थान सोलार प्राप्त भएको छ। विद्युत सर्ट हुँदा गत भदौ २२ गते भएको आगलागीमा क्षति बेहोरेको एफएमलाई रुपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार ७० वाट क्षमताको दुई थान सोलार प्यानल र १५० एम्पीयरको व्याट्री प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्