‘शान्ति मार्गमा खहरे खोला नियन्त्रण गर्न लागेका छौं’
‘शान्ति मार्गमा खहरे खोला नियन्त्रण गर्न लागेका छौं’
‘शान्ति मार्गमा खहरे खोला नियन्त्रण गर्न लागेका छौं’
अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गर्नका निम्ति यहाँका डाँडाकाँडा ताछिएका छन् । वनक्षेत्रमा पर्ने करिव ५ किमी क्षेत्रफल मरुभूमिजस्तै भएको छ । लेले, नल्लु खोलाको धार परिवर्तन गरिएको छ । बिहानदेखि बेलुकीसम्म ढुंगा, गिटी र बालुवा बोक्न प्रयोग गरिएका ट्रिपरका कारण उपत्यकालाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो मार्ग कान्तिलोकपथ निर्माणमा समेत बाधा पुगेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाले जनप्रतिनिधिलाई निसाना बनाउने भएको छ। विकासमा आएको बजेट दुरुपयोग गर्नुका साथै अनियमितताको नेतृत्व गरेको भन्दै जनप्रतिनिधि विप्लवको पहिलो निसानामा परेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवतर्फ संकेत गर्दै लुटेरालाई चन्दा नदिन भनेका हुन्। ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस’, ओलीले भने, ‘लुटेरा प्रवृतिले देशको विकास हुँदैन। यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन।’
जनप्रतिनिधि भएर आएपछि वडा भवन निर्माण सुरु गर्यौं । अहिले लगभग तयार भइसकेको छ । त्यस्तै, भक्तपुर बहुमुखी क्याम्पस अगाडि रहेको भाजु पोखरीको निर्माण गरिरहेका छौं । हाम्रो वडामा भक्तपुरको प्रख्यात पोखरी परेको हुनाले पोखरीको संरक्षणतर्फ लागेका छौं ।
जिल्लाको उत्तरी बजारको केन्द्र सिंगटीस्थित गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय परिसर। करिब दुई सय कुर्सीमा सर्वसाधारण भरिभराउ भइसकेका छन्। अगाडिको लहरमा गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओलीसहित आठवटै वडाका अध्यक्ष स्थानीयले उठाउने प्रश्नको जवाफ दिन तयार भएर बसेका छन्।
सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो।
विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो।
२०५४ सालदेखि २०५९ सालसम्म पनि म यस वडाको वडाअध्यक्ष भएर जनताको सेवामा थिएँ। त्यो बेला पनि धेरै प्रयास गरी वडाको टुरिजम मार्केट नजिकैको ढुंगेधाराको निकास खोल्ने प्रयास गरेका थियौं। तर, सकिएन। यो पटक निर्वाचित भएदेखि नै हामीले पहिलो प्राथमिकता त्यसलाई दियौं र सफल पनि भयौं। यसबाहेक सपथ ग्रहणपछि वडाका नयाँ बस्तीका विभिन्न बाटोघाटो फराकिलो पार्ने, पुरानो बाटोमा ढुंगा छाप्ने लगायतका काम गर्यौं।
भक्तपुरको कमलविनायक क्षेत्र भक्तपुरकै दोस्रो प्रख्यात ठाउँ हो। सूर्यविनायकपछि कमलविनायकको नाम आउने गर्छ। यस्तो प्रख्यात ठाउँमा भने बाटोमा हिँड्ने बटुवाहरूको लागि फुटपाथ नभएको समस्या छ।
ललितपुर महानगरले कडाइ र अनुगमन नगर्दा ठूला कर दाताहरूले अर्बौंको कर छली गर्दै आएका छन्। जनप्रतिनिधि आएपछि पनि महानगरको बक्यौता झन्–झन् चुलिँदै गएको छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्षसहितको ४० जनाको जम्बो टोली भ्रमणमा निस्केपछि सेवाग्राहीहरु प्रभावित भएका छन्। गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीसहितका जनप्रतिनिधि र कार्यकारी अधिकृतसहितका कर्मचारी शुक्रबारदेखि पूर्वी नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा छन्।
खोई यहाँ उदाहरणीय केही काम भए जस्तो लाग्दैन। म २०४६ सालदेखि स्वंयसेवकको रूपमा काम गरेर वडालाई सघाइरहेकी छु। प्रत्येक महिना ३–४ दिन अनिवार्य रूपमा खट्नुपर्ने हुन्छ। महिनाको २९ गते नियमित रूपमा भेला हुन्छ। त्यस दिनको ४ सय ५० रूपैयाँ भत्ताबाहेक केही पाइँदैन।