१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारत र चीनबीचकाे सीमा क्षेत्रलाई शान्त बनाउने प्रतिवद्धता

भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताएका छन्।

पुननिर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब हस्तान्तरण

भूकम्पपछिको पुनःनिर्माणका लागित भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

भारत लैजान लागिएका गोरुसहित चालक नियन्त्रणमा

भारत निकासी गर्न लागिएका २५ वटा गोरुसहित गोरु बोकेको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल र भारत नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ। दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ।

भारत र पाकिस्तान एकै समूहमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मंगलबार सेम्टेम्बर १५ बाट संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिया कपको खेलतालिका सार्वजनिक गरेको छ।

विमानस्थलबाट फेरि समातियो सुन, ५ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो सुनसहित ५ भारतीयलाई पक्राउ गरेको छ।

विराटनगरस्थित भारतीय क्याम्प अफिस हट्ने

भारतीय दूतावासको विराटनगरस्थित क्याम्प अफिस साउन १६ गतेदेखि हट्ने भएको छ । उक्त कार्यालयको काम अब काठमाडौंस्थित दूतावास कार्यालय बाट हुने भारतीय दूतावासले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

भारतमा ‘स्यानिटरी प्याड’ माथिको कर हट्यो

अधिकारवादीहरुको महिनौंको विरोध अभियानपछि भारत सरकारले सबै प्रकारको ‘स्यानिटरी’ उत्पादनमा लगाएको १२ प्रतिशत कर हटाएको छ।

टेबलटेनिस टोली भारत प्रस्थान

इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेबलटेनिस टोली अाइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। टोली पाँच खेलाडीसहित सात सदस्यीय रहेको छ।

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।  शनिबार बैंककबाट थाई एयरको टीजी३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग

भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ।

नेपाल र भारतबीच आयोजनाहरु समयमै पूरा गर्ने सहमति

नेपालको सामाजिक–आर्थिक विकासमा प्रत्यक्ष सरोकार राख्ने भारत सरकारको सहयोगमा सञ्चालित आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धता नेपाल र भारतका उच्च अधिकारीले गरेका छन्।

नारायणी र कोशीमा पानीजहाज चलाउन भारतसँग सहमति

नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ।  जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो।

प्रदेश ७ को रोजगारीको प्रमुख गन्तव्य भारत

मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्