३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

विमानस्थलबाट फेरि समातियो सुन, ५ भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो सुनसहित ५ भारतीयलाई पक्राउ गरेको छ। 

थाई एयरको विमान चढेर बैंककबाट आएका हरमिन्दर सिंह बवाजा, अमृत पाल सिंह, इसिवार दास, अवतार सिंहलाई सुटकेशमा लुकाएर ल्याएको सुनसहित र दुबईबाट नेपाल एयरलाइन्समार्फत आएका रिजवान अब्दुल रिज्जाक अन्सारीलाई विस्कुट आकारको ३ थान सुनसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। 

पाँचै जनाबाट बरामद गरिएको सुन भन्सार कार्यालयले नापतौल तथा मूल्यांकन गर्दा ३ किलो ३६ ग्राम रहेको र यसको मूल्य नेपाली बजारमा १ करोड ४७ लाख ८५ हजार ३२० हुन आउँछ।

अवैध रुपमा भन्सार छलेर सुन तस्करी गर्न लागेका पाँचै जनालाई सुनसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन्।

यसअघि विमानस्थल प्रहरीले शनिबार २ किलो ६७० ग्राम सुनसहित २ भारतीयलाई पक्राउ गरेको थियो। 

प्रकाशित: ८ श्रावण २०७५ १६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App