६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

एलजीको फ्रि एसी सर्भिस क्याम्प–२०२२

एलजीले फागुन २६ गतेदेखि फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ। जसअन्तर्गत कुनै पनि ब्रान्डको एसी निःशुल्क सर्भिस गर्न सकिन्छ।

बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन पक्राउ

पाँचवर्षीय बालकमाथि अमानवीय कार्य गर्ने पोखराकी एकजना होस्टल वार्डेन पक्राउ परेकी छिन्। पोखरा महानगरपालिका–१५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुल (होस्टल)मा आश्रीत पाँच वर्षीय बालक रेमन बुढाको पिसाब फेर्ने ठाउँ (लिगं)मा रबरले बाँधिदिने सो होस्टलकी वार्डेन जानुका नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

तीनकुने आर्च व्रिज: पप्पुलाई ६ करोड जरिवाना तिर्न ताकेता

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुनेस्थित वाग्मती नदीमा कमसल आर्च ब्रिज निर्माण गर्ने ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई करिब ६ करोड रूपैयाँ तत्कालै भुक्तानी गर्न निर्देशन दिएको छ।

बोटानिकल आर्टदेखि स्ट्रिट–इन्स्टलेसनसम्म

निकै सूक्ष्म किसिम र विस्तारमा बनाइने यस्ता कलामा शक्तिशाली अनुपातमा मिलेका रेखा र रङ हुन्छन्। यस्ता चित्र वैज्ञानिक लेखकसँग सम्पर्कमा रहेर बनाउने गरिन्छ। वा, कलाकार स्वयं नै। यस्ता चित्रकारले वनस्पतिको आकृति विज्ञान, रूप विधानमा राम्रो सुझबुझ राख्न आवश्यक हुन्छ।

कालीमाटी बजारमा किसानका लागि स्टल

किसानले स्टलमा राखेको तरकारी मोलमोलाइ (बार्गेनिङ) गरेर बेच्न पाउँछन्। खुद्रा बिक्री गर्न भने पाउँदैनन्। ‘होलसेलमा तरकारी बिक्री गर्नुपर्छ,’ उनले भने, ‘सिधै व्यापारीसँग मोलतोल गर्न पाउने भएकाले उचित मूल्य पाउँछन्।’

काठमाडौंका स्थानीयबाट डाक्टर बसेको होस्टल घेराउ

शनिबार डाक्टर, नर्स र कर्मचारी होस्टलमै बसिरहेको अवस्थामा ५० जनाभन्दा बढी आएर होस्टलबाट निकाल्न खोजेका थिए। उनीहरूले होस्टल सञ्चालकले आफूहरूलाई जानकारी नै नदिई डाक्टरलाई राखेको भन्दै विरोध गरेका थिए।

इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकियो

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकिएको छ।

बजारमा घिमिरेको ‘होस्टल’

बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ सार्वजनिक भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता नरहरि आचार्यले ‘होस्टल’ विमोचन गरेका थिए।

फर्स्टलुकमा ‘मारुनी’

आगामी भदौ १३ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘मारुनी’को फस्टलुक सार्वजनिक भएको छ। गत वर्षको असोजमा रिलिज फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘मारुनी’मा देखिँदैछिन्।

सम्झौता लत्याउँदै खुलामञ्चमा व्यापारिक स्टल

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौताको धज्जी उडाउँदै खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ। महानगरपालिका  र जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता भएको थियो।

ललितपुरमा दोस्रो ललित अन्तर्राष्ट्रिय मेला

नटोलमा बुधबारदेखि सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत देशका उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सजावटका गरी ३० स्टल छन्। यसबाहेक अन्य हस्तकला, लत्ताकपडा, पस्मिना, धाुतकलासहितका करिब ७० वटा स्टल राखिएको छ। विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री वितरणका लागि राखिएको छ।

ब्राइटनले जित्दा एन्थोनीको गोल निर्णायक

एन्थोनी नकाइर्टको निर्णायक गोलप्रेरित ब्राइटनले शनिबार क्रिस्टल प्यालेसमाथि २–१ को जित निकाल्दै इङ्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रभन्दा चार स्थान माथि उक्लिएको छ।

‘पुरानो बुलेट’ र ‘रुमालै छ चिनो’ फर्स्टलुक

आगामी फागुन १० गते रिलिज हुने फिल्म ‘रुमालै छ चिनो’ र चैत १ गते रिलिज हुने फिल्म ‘पुरानो बुलेट’को फष्र्टलुक सार्वजनिक भएको छ। दिनेश सिंह ठकुरी निर्देशित ‘रुमालै छ चिनो’ को सार्वजनिक चार पोष्टरमा फिल्मका प्रमुख कलाकारद्वय नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन्।

इङ्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

चेल्सीले क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानको लिभरपुलसँगको अंकदूरी घटाएको छ। एनगोलो कान्टेको निर्णायक गोलबाट चेल्सीले पछिल्लो समय उत्कृष्ट लयमा रहेको क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलसँगको अंकदूरी ११ अंकमा घटाएको हो। क्रिस्टलले गत हप्ता मात्र साबिकको विजेता म्यानचेस्टर सिटीमाथि ३–२ को जित निकाल्दै अन्य टोलीलाई पनि दबाब दिने संकेत गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्