८ आश्विन २०८३ बिहीबार
image/svg+xml

अमेरिकाबाट प्रधानमन्त्रीको विशेष अपिल- सावधान रहौं, सुरक्षित रहौं

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको प्रक्षेपण गरेपछि सरकारले देशभर उच्च सतर्कता अपनाएको छ।

‘भारी वर्षाको जोखिम छ, असोज ११ गतेसम्म पदयात्रा नगर्नु’

अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो तथा डुबान हुनसक्ने र पदयात्रा मार्ग तथा यातायात सेवा प्रभावित हुने जोखिम रहेकाले पदयात्रा रोक्न टानले आग्रह गरेको हो।

वर्षाको जोखिम बढेपछि स्थानीय तह ‘हाई अलर्ट’मा, कर्मचारीलाई बिदा नबस्न मन्त्रालयको निर्देशन

पत्रमार्फत उक्त अवधिमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई बिदामा नबस्न तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ।

स्याङ्जामा विवाहको भोज खाएर फर्किएको जीप दुर्घटना: एक जनाको मृत्यु, ११ घाइते

स्याङ्जामा बिहीबार साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ। सो घटनामा परी पुतलीबजार-१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

ट्रम्पका छोराको लगानी रहेको कम्पनीसँग पाकिस्तानको ड्रोन सम्झौता, भारत-इजरायल कनेक्सनले उठायो प्रश्न

विश्लेषकहरूका अनुसार पाकिस्तानसँग चीन र टर्कीबाट प्राप्त आधुनिक ड्रोन तथा आफ्नै ड्रोन उत्पादन क्षमता हुँदाहुँदै स्थापनाको एक वर्ष नपुगेको अमेरिकी कम्पनीसँग सम्झौता गर्नुको कारण स्पष्ट छैन।

कोशी ब्यारेजमा रातो बत्ती बालियो, पानीको बहाव १ लाख ८५ हजार क्युसेक नाघ्यो

लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप ‘रातो बत्ती’ बालिएको छ।

२४ घण्टामा पोखरामा ९५ र ओखलढुङ्गामा ८४ मिलिमिटर वर्षा: कुन ठाउँमा कति पानी पर्‍यो ?

पछिल्लो २४ घण्टामा देशका प्रमुख मौसम मापन केन्द्रहरूमध्ये पोखरामा सबैभन्दा धेरै ९५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन शुक्रबार बिहान करिब ५/६ बजे आसपास

संयुक्त राष्ट्रसंघको जारी महासभाको उच्चस्तरीय सत्रलाई प्रधानमन्त्रीले गर्ने सम्बोधनको समयतालिका तय भएको छ।

भुटानका २८ राजनीतिक बन्दीमध्ये धेरै नेपाली भाषी, तत्काल रिहा गर्न माग

संस्थाका अनुसार ११ जना बन्दीको मुद्दा तामाङ र राईको मुद्दासँग मिल्दोजुल्दो छ। उनीहरूलाई राजधानी थिम्पु नजिकैको चेमगाङ जेलको ‘राष्ट्रविरोधी शाखा’ र दुर्गम सैन्य जेल रबुनामा राखिएको बताइएको छ।

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

सरकारले खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि सातै प्रदेशमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ।

बाटोमा भेट्नासाथ माइक तेर्स्याएर ठाडो प्रश्न सोध्ने पत्रकारिता मलाई मन पर्दैन: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाटोघाटोमा अचानक माइक तेर्स्याएर ठाडो प्रश्न सोध्ने पत्रकारिताको शैली आफूलाई पटक्कै मन नपर्ने बताएका छन्।

हर्क सम्पाङ भन्छन्- हैसियत अनुसारको व्यवहार भएको छ, मन नदुखाउनू

श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्रीको स्वागतलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गर्दै अमेरिकाले नेपाललाई उसको वास्तविक हैसियत अनुसारकै व्यवहार गरेको बताएका छन्।

सरकारले भन्यो : दैनिक उपभोग्य वस्तुको अभाव छैन, अधिक सञ्चय नगर्नू

सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ।

एमाले खोज्न टर्च बाल्नुपर्दैन, मैदानमै छौं र फेरि पनि मुलुकको नेतृत्व गर्छौं: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले एमालेलाई कमजोर ठानेर टर्च बालेर खोज्नुपर्ने टिप्पणी गर्नेहरू भ्रममा रहेको बताएका छन्।

भारी वर्षाबीच नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई छात्रावास छाड्न १२ घण्टे अल्टिमेटम

शिक्षण अस्पतालले छात्रावासमा बसेका प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई छात्रावास छाड्न १२ घण्टे अल्टिमेटम दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्