११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मस्कोमा सुष्माको कला

रुसको राजधानी मस्कोमा गत जून ७ देखि सुरु भएको ‘नेपाल फेस्ट सांस्कृतिक मेला’मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुषमा राजभण्डारीको १६ औं एकल चित्रकला पनि प्रदर्शनका लागि राखिएको छ।प्रदर्शनीको रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरे शुभारम्भ गरे ।

गोसाइँकुण्ड मेला सुरु

गंगादशहराको अवसरमा मंगलबारदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ। मेला सुरु भएसँगै भक्तजनको आवागमन बढेको छ।

गोसाइँकुण्ड मेला तयारी सुरु

गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापनका लागि तयारी सुरु गरिएको छ । यही जेठ २१ देखि २९ गतेसम्म सञ्चालन हुने मेलाको तयारी सुरु गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । हरेक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ ।

मेलम्चीका सप्लायर्सद्वारा डेढ अर्ब बक्यौता उठाउन माग

मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका छन्।

बेगनासमा फिस फेस्टिवल हुने

सात तालको बगैंचा सहर लेखनाथमा जेठको दोस्रो सातादेखि फिस फेस्टिवल तथा कृषि व्यापार मेला हुने भएको छ।

तरबार चढाएको छौंङ्खामा ऐतिहासिक मेला

एक हजार ४ सय ७० वर्ष इतिहास बोकेको खोटाङको डम्बर्खुशिवालयस्थित छौंङ्खा चण्डीथानमा ऐतिहासिक मेला लागेको छ। जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय र भोजपुरको बालंखाको सिमानामा पर्ने बुवाँ खोलास्थित छौंङ्खा चण्डी थानमा पूर्णिमाको तृतीयको दिन पारेर सोमबार ऐतिहासिक मेला लागेको हो।

विरहा संस्कृतिमा रमाउँदै पर्यटक

पर्यटकीय क्षेत्र लुम्बिनीनजिकै बसोबास गर्ने कलाकार भएकाले कलाबाट आम्दानी लिन पछिल्लो समय उनीहरूले बुद्धको जीवनीसम्बन्धी गीत गाउन थालेका हुन्।

पोखरामा टाटाको कार मेला

टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दीप मोटर्सको सहकार्यमा कार मेला सुरु गरेको छ। दीप मोर्टस सिप्रदीको पनि आधिकारिक बिक्रेता हो। बिभिन्न स्थानमा गर्दै आएको कार मेला शनिबारदेखि पोखरामा सुरु भएको छ। मेला आइतबारसम्म चल्नेछ। गत वर्ष झै यस वर्ष पनि देशका विभिन्न सहरमा कारमेला आयोजना गरेको आयोजकले बताएको छ।

उद्यमी महिलामा सामग्री प्रर्दशनी

समुदायको सीपलाई उद्यमशीलतासँग जोड्दै स्थानीय तहसँगको सहकार्यमा समुदायस्तरीय व्यापार मेला सुरु भएको छ।

ककनीमा कृषि प्रदर्शनी हुने

नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ हुने भएको छ। नुवाकोटको कृषि पर्यटनलाई विस्तार गर्ने उद्देश्यसहित जेठ ४ देखि ८ गतेसम्म ककनी गाउँपालिकाको सहआयोजनामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले कृषि मेला गर्न लागेको हो।

नेपाल–चीन शैक्षिक मेलाको सुरुवात, सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्वपूर्णः सभामुख

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोस्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’को उद्घाटन गर्दै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल र चीनको शैक्षिक मेला

नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ। यही वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन फेयर’ संचालन हुन लागेको हो।

सुरु भएको आठ दिनपछि उद्घाटन

प्रदेश नम्बरको पाँचले आयोजनाको जिम्मा पाएको नेपाली खेलकुदको महाकुम्भ मेला आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बिहीबार नेपालगन्ज रंगशालामा हुँदै छ।

नेपाली हस्तकला चिनाउँदै सकियो ललित व्यापार मेला

ललितपुरमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको लागि उचित ठाउँको बन्दोबस्त मिलाउनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललित अन्तर्राष्ट्रिय व्यापार मेला आइतबार समापन गरिएको छ। ललितपुर उद्योग वाणिज्य संघले पुल्चोक, नटोलस्थित मदनस्मारकको प्रांगणमा मेला आयोजना गरेर संघ, प्रदेश र स्थानीय तहलाई सो विषयमा ध्यानाकर्षण गराएको हो।

ललितपुरमा दोस्रो ललित अन्तर्राष्ट्रिय मेला

नटोलमा बुधबारदेखि सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ। मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। मेलामा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत देशका उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सजावटका गरी ३० स्टल छन्। यसबाहेक अन्य हस्तकला, लत्ताकपडा, पस्मिना, धाुतकलासहितका करिब ७० वटा स्टल राखिएको छ। विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री वितरणका लागि राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्