दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर
बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
रास्वपा सभापति रवी लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन्।
काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ।
बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको छ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ।
पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा आएको छ।
मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा जताततै पहिरो जाँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ।
पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ। सोमबार राति करिब ८ः०० बजेतिर इच्छाकामना गाउँपालिका ६ स्थित नाम्सी पुल नजिकै खसेको पहिरो पन्छाएर मंगलबार दिउसो १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएपछि पन्छाउन समस्या भएको छ। सडक आवागमन सञ्चालनमा ल्याउन अझै केही थप समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम -कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ।
भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।
अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।
नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।
माथिबाट झरेको पहिरोले नारायणगढदेखि काठमाडौ तर्फ जाँदै गरेको ना ६ ख ७१० नम्बरको कण्टेनर समेत पल्टाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।