गृहमन्त्री थापा र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता
गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले शुक्रवार शिष्टाचार भेटवार्ता गरेका छन्।
गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले शुक्रवार शिष्टाचार भेटवार्ता गरेका छन्।
गृहमन्त्री रामबहादुर थापाले हालैका दिनमा बढेका यौनजन्य हिंसाको दोष ‘पुँजीवाद’ माथि थोपरेका छन्। पुँजीवादले हिंसा बढाएको हो वा समाजमा नियम र नैतिकताप्रतिको चेतना हराएपछि यस्तो भएको हो?
गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिएका छन्। उनले भने, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ। म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु। जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ। नतिजा (रिजल्ट) छिट्टै आउँछ।”
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सतेचक एवं सांसद पुष्पा भुसालले गृहमन्त्रीको राजीनामा माग गरेकी छिन्। बुधबारको संसद बैठकमा बोल्दै सांसद भुसालले गृहमन्त्री रामबहादुर थापालाई राजीनामा दिन पार्टीका तर्फबाट नैतिक दबाब सिर्जना गरिन्।
गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समुहद्वारा असोज ४ गते हत्या गरिएका खुर्सिद आलमको हत्यारालाई कानुनी कठ्घरामा ल्याईछाड्ने बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समूहले आज हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले निर्मलाका हत्यारालार्इ कठघरामा ल्याउन नसक्दा अाफु जति पीडा अरु कसैलार्इ हुन नसक्ने बताएका छन्।
कञ्चनपुर घटना अनुसन्धानबारे गृहमन्त्री रामबहादुर थापाले संसदलाई गुमराहमा राख्न खोजेको आरोप प्रतिनिधिसभाका सदस्यहरुले लगाएका छन्। संसदलाई स्पस्ट जानकारी दिन माग गरिए पनि घटना भएको ५१ दिनसम्म पनि गोलमटोल जवाफ दिएर अपराधी जोगाउन खोजिरहेको अाराेप उनीहरूकाे थियाे।
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा आइपुगेको बताएका छन्। आजको राष्ट्रिय सभा बैठकमा निर्मला पन्त बलात्कारपछि भएको हत्याको छानविनबारे जानकारी गराउँदै अनुसन्धानमा सरकार गम्भीर भएर लागिरहेको दाबी गरे।
गृहमन्त्री रामबहादुर थापाले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले मन्त्रीको हेरफेर हल्लामात्रै भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच केही मन्त्री हेरफरका लागि भेट भएको भनी आएका समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन्।
गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरणको अध्ययनका लागि गठित छानविन समितिका सदस्यले दिएको राजीनामा छानविन गरिने बताएका छन्। मंगलबार काभ्रेमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले समितिका सदस्यको राजीनामाबारे छानविन सुरु हुने बताए। ‘गृह मन्त्रालयले आजैबाट छानविन सुरु गर्छ। किन राजीनामा दियो भन्ने विषयमा छानविन गर्दैछौं’, उनले भने।
गृहमन्त्री रामबहादुर थापाले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्।
गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन्। गोरखामा अायाेजना भएकाे कार्यक्रममा सहभागी हुन शनिवार गाेरखा अाएका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरकाे कुरा सत्य नभएको बताए।