१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

गृहमन्त्रीको अाइजिपीलार्इ निर्देशन : बलात्कार न्युनिकरणको योजना बनाउनुस्

गृहमन्त्री रामबहादुर थापाले बढ्दै गएका महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्न तत्काल विशेष योजना बनाउन नेपाल प्रहरीका महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनाललाई निर्देशन दिएका छन्।

महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको टोलीलाई मन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भिरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।

जापानी लगानी नेपाल भित्र्याउन गृहमन्त्रीकाे अाग्रह

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले बुधवार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा छलफल भएकाे थियो।

गृहमन्त्रीमाथि संसदमा भीम रावलको प्रश्नै प्रश्न

गृहमन्त्री रामबहादुर थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गरेका छन्। गृहमन्त्रीले विचार गरियोस भनी बैठकमा प्रस्तुत गरेको विधेयकमाथि टिप्पणी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले विधेयक परिमार्जनको माग गरे। उनले विधेयक प्रस्तुतकर्ता गृहमन्त्री थापालाई संविधान र ऐन बाझिएको जानकारी गराउँदै प्रश्नै प्रश्न गरे।

गृहमन्त्रीको अभिव्यक्ति विरोधाभाषपूर्ण

गृहमन्त्री रामबहादुर थापाले काठमाडौं काँडाघारीका बालक निशान खड्काको हत्या तथा उनका हत्याको आरोपितको ‘इन्काउन्टर’ का बारेमा विरोधाभाषी अभिव्यक्ति दिएका छन्।

निशानका हत्यारा मुठभेडमा नै मारिएका हुन्, फेक इन्काउन्टरको हल्ला मात्र हो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भक्तपुरका बालक निशानको हत्यारा र अपहरणकारीलाई प्रहरी २४ घण्टा भित्रै निस्तेज पार्न सफल भएको बताएका छन्।

सुन काण्ड बारे नयाँ टीमले थप अनुसन्धान गर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुन काण्डका बारेमा नयाँ टीमले थप अनुसन्धान गर्ने बताएका छन्।

'निशान हत्या र इन्काउन्टरबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ'

काँडाघारीका बालक निशान खड्काको अपहरण पछि हत्या र अपहरणमा संलग्नको इन्काउन्टरबारे राष्ट्रिय सभामा प्रश्न उठेका छन्।

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गरेका छन्। इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अाइतबार बेलुका इन्डोनेसिया प्रस्थान गरेका हुन्।

निरु पालमाथि आक्रमण राजनीतिक प्रकृतिको अपराधः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सांसद निरु पाललाई पेस्तोल ताकिएको घटना राजीतिक प्रकृतिको अपराध भएको बताएका छन्। घटनाबारे प्रतिनिधि सभामा जवाफदिँदै थापाले राजनीतिक अस्थिरता पैmलाउन चाहने तत्वले यस्तो अपराधिक घटना गराएको दाबी गरेको हुन्।

ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको कर्मचारीलाई चेतावनी

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।

गृहमन्त्री थापालाई युएई भ्रमणको निम्तो

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गरेका छन्।

‘आन्दोलन जारी राख्नुहाेस्' : गृहमन्त्री

गृहमन्त्री रामबहादु थापा मगरले उत्पीडित समुदायले अझै आन्दोलन जारी राख्नु पर्ने बताएका छन्।

देशभक्तीको लागि उत्तर कोरिया प्रेरणाको स्रोत : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरीयाका राजदूत किम योङ हकले शिष्टाचार भेटवार्ता गरेका छन्।

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले विहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्